अश्लिल शब्द र भल्गर दृश्यहरु लोक गीतको नाम पारेर आउनु दुखदायी कुरा हो - अध्यक्ष पंगेनी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

अश्लिल शब्द र भल्गर दृश्यहरु लोक गीतको नाम पारेर आउनु दुखदायी कुरा हो – अध्यक्ष पंगेनी



प्रस्तुती-समीर प्रकाश पाण्डे

हिमाल पोष्टको लागी लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपाल, युएई शाखाका नव निर्वा्चित अध्यक्ष गोपीकृष्ण पंगेनी संग हाम्रा सम्बाददाता समीर प्रकाश पाण्डेले परदेशमा गरिने कलाकारिता, बिदेशमा रहेर सामाजिक काममा सक्रिय हुनको लागि बेहोर्नु पर्ने चुनौती र संस्थागत संलग्नताको सेरोफेरोमा रहेर गरिएको कुराकानी ।

१) सर्वप्रथम बधाई छ गोपीकृष्ण पंगेनी जि राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, युएई शाखाको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वा्चित हुनुभएकोमा र सफल कार्यकालको शुभकामना ।

-हजुर धन्यबाद, साथै मेरा केहि कुरा हजुरको पत्रिका मार्फत अभिव्यक्त गर्ने अवशर प्रदान गर्नुभएकोमा आभारी छु ।

२) गोपी जि जिम्मेबार त ठुलै लिनु भो कत्तिको सहज होला परदेश बाट संस्थामा सक्रिय हुन?

-परदेशमा रहेर सामाजीक संस्थामा सक्रिय रहनु एक किसिमको चुनौतिको काम नै हो, संस्था बनाएर मात्र हुँदैन त्यो संस्थाका क्रियाकलाप हरुले संस्था को भविष्य निर्धारण समेत हुने हुदा संस्थामा अत्यन्तै क्रियाशील भईएन भने संस्थाको अस्तित्व नै समाप्त हुने सम्भावना रहन्छ । युएई मा म लामो समय देखि सामाजीक संस्था हरुमा क्रियाशील रहदै आएको कारणले मेरो बिगतको अनुभव को सहयोगमा मैले प्रतिष्ठानलाई गति प्रदान गर्न सक्छु भन्नेमा आशावादी छु ।

३) कस्ता योजना छन् तपाई संग?

-दोहोरि गीत, दोहोरि परम्परा र नेपाली लोक संस्कृतिको जगेर्नामा केहि काम गर्ने हाम्रो लक्ष हो, युएई मा कार्यरत हामि नेपाली हरु कहीं न कहिँ लोक दोहोरि संस्कृति संग जोडिएका छौं, हाम्रा हरेक पाखा पखेरा हरुमा हरेक कुना कन्दरा हरुमा लोक गीत घन्कने गरेको यथार्थ बाट हामि अनभिज्ञ छैनौं, हाम्रा रोधी हरुमा हाम्रो संस्कृति अझै सम्म जीवित रहेको छ, प्रवासिएका नेपाली दाजुभाइको मन बाट हराउदै गएको दोहोरि प्रतिको लगाव लाइ पुनः ताजा गराउने हाम्रो लक्ष्य रहनेछ । यहाँ रहेका हरेक संग संस्था हरुमा सांस्कृतिक बिभाग रहेको छ टि-विभागीय प्रमुखहरु प्राय कलाकार या कलाकारिता प्रति लगाव भएका साथि हरु हुनुहुन्छ वहाँ हरुको सहयोग लिएर दोहोरि संस्कृति लाइ युएई मा जीवित राख्ने, फलाउने फुलाउने र प्रचार प्रसार समेत गर्ने आगामी योजना हरु रहेका छन् ।

४) अध्यक्ष पदमा निर्वा्चित भई रहदा अग्रज कलाकारहरु बाट कस्ता प्रतिकृया पाउनु भएको छ ?

-अग्रज हरुको साथ सहयोग बाट नै म अध्यक्ष जस्तो गरिमामय पदमा निर्वा्चित भएको छु, अत्यन्तै समर्थन र ठुलो सहयोग पाइरहेको छु अग्रज हरु बाट त्यसको लागि आभारी पनि छु ।

५) युएईमा पनि लोक तथा दोहोरी गीतको नाममा खोलेका झोले संस्थाहरुलाई कम गर्न के गर्नु पर्ला?

-प्रवास मा खोलिएका प्राय सबै संस्था हरु आज पर्यान्त “झोला” मै सिमित छौं हामीहरु, केहि थान रजिष्टर यौटा झोला र केहि थान कलम नै हाम्रा संस्था जीवित छन् भन्ने आधार हुन्, त्यसैले संस्थाको अवस्थितिको आलोचना नगरौं क्यारे तर व्यक्ति पिच्छेका संस्था हरु हुनु भन्दा यौटै बृहत संस्था को छाता मुनि सबै एकतावाद्द भएको राम्रो हो म त्यसको लागि ठोस पहल गर्नको लागि साथि हरु संग सहकार्य गर्ने तयारीमा छु ।

६) स्टेज कार्यक्रममा निकै बिवादमा पर्ने गर्छन बिदेशमा खोलिएका संघ संस्थाहरु कारण के होला?

-स्टेज कार्यक्रम र सांस्कृतिक कार्यक्रम अलग अलग कुरा हुन्, यहाँ सांस्कृतिक कार्यक्रम को नाममा छाडा नाच हरु देखाउने काम हरु पनि भईरहेका छन्, हामि हरु युएईको कानुन भन्दा बाहिर जानु हुदैन यो कुरामा पनि आयोजक साथि हरु जिम्मेवार हुनु जरुरि देखिन्छ, अब बिवादका प्रकृति हेरेर किन बिवाद हुन्छ भन्ने निक्यौल गर्नु पर्ने हुन्छ । कतै सिट भन्दा बढी टिकट बेचेको, कतै महंगोमा टिकट बेचेको लगायत कतै सामाजिक मर्यादा लाइ ख्याल नगरिएको जस्ता बिबाद हरु हुने गरेका छन् त्यसको न्युनिकरणको लागि के गर्न सकिन्छ हामि हरु छलफल गरेर अगाडी बढ्न तयार छौं । नेपालि संघ संस्था हरुले गरेका र बिशेष गरि सांस्कृतिक कार्यक्रम भनेर गरिएका कार्यक्रम हरु बिबादमा नपरुन भन्ने हाम्रो मुख्य ध्यान रहनेछ ।

७) आफुले संस्थाका लागि अब गर्नै पर्ने काम के के हुन जस्तो लाग्छ?

-संस्था चलायमान बनाउनको लागि के कस्ता कार्य हरु गर्ने भन्ने कार्ययोजना बनाइने छ, बिधानले तोकेको दायरामा रहेर लोक संस्कृतिको सम्बर्धन को लागि हामि कसरि अगाडी बढ्ने भन्ने कुरा समिक्षा बैठक हरुमा छलफल गरेर तय गरिनेछ, खासगरी अन्य संस्था हरुले गर्ने कार्यक्रममा हाम्रो कुन किसिमको उपस्थिति रहने भन्ने कुरा मुख्य हुन जान्छ, हामि हरुले प्रत्यक्ष दोहोरि कार्यक्रम लाइ संस्था हरुका कार्यक्रम हरुमा समावेश गर्दै त्यहाँ हाम्रा पुराना भाका हरुमा प्रस्तुति दिएर टि भाका हरुको जगेर्ना गर्ने र लोप हुन नदिने अभियान तुरुन्तै सुरु गर्ने योजना बनाउदै छौं ।

 

 

८) लोक तथा दोहोरी गीतमा आएको बिकृतिलाई कम गर्न के गर्नु पर्ला? ?

-बिकृतिको परिभाषा के हो भन्ने कुरा मुख्य हुन्छ, आधुनिक हुँदै गएको लोक गीत लाइ विकृति हो भनेर मान्ने कि नमान्ने भन्ने कुरा मुख्य हुन्छ, अश्लिल लाग्ने शब्द र भल्गर लाग्ने दृश्य हरु लोक गीत को नाम पारेर आउनु दुखदायी कुरा हो । अहिले केन्द्रीय कार्यसमिति ले बिकृति बिशंगति न्यूनीकरण अभियान अन्तर्गत समिति बनाएर यसको नियन्त्रण र निराकरणको अभियान सुरु गरेको छ । कानुन मन्त्रालय ले पनि लोक गीतमा बिकृति नियन्त्रणको लागि कस्तो कानुन बनाउन सकिन्छ भनेर संस्था संग राय मागेको अवस्था छ, हाम्रो संस्था कलाकार हरुमा सचेतना गर्दै राय सल्लाह संकलनको क्रम मा छ, अब विकृत गीत नियन्त्रण को लडाइमा केहि न केहि प्रगति पक्कै होला भनेर आशावादी हुन सकिन्छ ।

९) परदेशमा कार्यक्रम आयोजना गर्न पक्कै पनि सहज त छैन होला के कस्ता अप्ठाराहरु आउने गर्छन्? ?

-परदेशमा कार्यक्रम हरु गर्न निकै समस्या हरु छन्, कलाकार लाइ ल्याउन बजेट को चुनौती मुख्य कुरा हो, लोक त्यसमाथि लोक सांगीतिक कार्यक्रम का टिकट कुन अनुपातमा बिक्ने गरेका छन् त्यो हामीहरु लाइ थाहा छदै छ, त्यसमाथि ट्याक्स तिरेर नियम पुर्वक कार्यक्रम सम्बन्धि भिषा मै कलाकार ल्याउनु अर्को अफ्ट्यारो बिषय छ, नियम नबुझेर कार्यक्रम गर्न खोज्दा दुर्घटना हुन सक्ने सम्भावना पनि हुन्छ । त्यो पछी चाहिं सांस्कृतिक कार्यक्रम का नाम मा फरक कार्यक्रम हरु हुँदा दर्शक श्रोता हरुले पनि ‘सबै कार्यक्रम उस्तै” हुन् भन्ने तरिकाले बुझ्दिदा पनि लोक सांस्कृतिक कार्यक्रम को महत्व ओझेल परेको देखिन्छ । अब हामीले लोक सांस्कृतिक कार्यक्रम र मोर्डन कार्यक्रम हरुको बिचमा भिन्नता हुन्छ भनेर बुझ्ने बेला आएको छ, लोक सांस्कृतिक कार्यक्रमको महत्व नबुझे सम्म दर्शक नपाउने समस्या समाधान गर्न झन् कठिन देख्छु म तसर्थ सबै भन्दा पहिला हामि नेपालि हरु आफ्नो परम्परा र आफ्नो संस्कृति प्रति जागरुक हुनु पर्ने देखिन्छ र समस्या हरु बिस्तारै हल भएर जान्छन भन्ने कुरा मा आशावादी पनि हुन सकिन्छ ।

१०) अन्त्यमा ….

-अन्त्यमा लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपाल युएई शाखाको अध्यक्षको रुपमा मेरा दुई शब्द राख्ने मौका दिनु भएको मा धन्यबाद दिन चाहान्छु, हाम्रो लोक परम्परा को रक्षार्थ एबं लोक दोहोरि संस्कृतिको जगेर्नाथ सम्पूर्ण कलाकार साथि हरु लाइ एकतावाद्द हुन आह्वान गर्दछु, हाम्रो अधिवेशन सफल पार्न सहयोग गर्नुभएका तामां पत्रकार मित्रहरु एबं शुभचिन्तक हरुमा हार्दिक आभार ब्यक्त गर्दै भविष्यमा पनि राम्रो काम को लागि यसरि नौ हौसला पैरहनेछु भन्ने कुरामा आशावादी छु । धन्यबाद ।