लोकदोहोरी गीत"ढिकी जाँतो"आज देखि बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

लोकदोहोरी गीत”ढिकी जाँतो”आज देखि बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे/फागुन २१ 

गाउँ घर तिर पूजा आजामा दोहोरी गाएर रमाइलो गर्ने चलन अझै पनि छ । जहाँ दोहोरीमा गीतबाटै सवालजबाफ गरिन्छ । तिनै पूजा आजामा गाईने जस्तै शब्दमा सवाल जबाफ उनेर नाचुँ नाचुँ लाग्ने लय बनाएका छन् सर्जक महेन्द्र विश्वकर्मा ले ।

मिठो स्वर भएर पनि अहिले सम्म गीत रेकर्ड नगराएकी सिता सुनार को पहिलो रेकर्डेड गीत र पहिलो गीती सङ्ग्रह हो “ढिकी जाँतो” । पुरुष आवाज युवा गायक प्रेम घिमिरेले दिएका छन् ।

अमूल्य म्युजिक प्रा लिले बजार व्यवस्थापन गरेको यस गीतमा चर्चित नृत्य निर्देशक शङ्कर बि सी र काजल लामिछानेलाई चर्चित निर्देशक अशोक बि कले नचाएका छन् । मनिष कार्कीले सम्पादन गरेको भिडियोलाई संकल्प भुजेलले खिचेका हुन् ।