लोक दोहोरी अवार्डको मनोनयन जेष्ठ ६ गते सार्वजनिक हुँदै - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

लोक दोहोरी अवार्डको मनोनयन जेष्ठ ६ गते सार्वजनिक हुँदै



हिमाल पोस्ट /काठमाडौं 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल ,उपत्यका समन्वय समितिले हरेक वर्ष गर्दै आइरहेको लोक दोहोरी अवार्ड अहिले५ औ वर्षमा प्रवेश गरेको छ ।अग्रजलाइ सम्मान , अनुजलाइ प्रोत्साहन भन्ने मूल नारा आगाडी सारेर २०६२  साल स्थापित उपत्यका समन्वय समितिले नेपाली लोक गीत सङ्गीतको संरक्षणमा उलेख्य भूमिका निर्वाह गरिरहेको देखिन्छ।

लोक दोहोरीको “पर्व ” को रूपमा दाजिने लोक दोहोरी अवार्ड को आउदो जेष्ठ ६  गते मनोनयन सार्वजनिक हुँदै छ ।पहिले भन्दा यो वर्षको अवार्डको मनोनयन अलि फरक ढङ्गले हुनेछ ।जस्मा सम्पूर्ण फर्म भरेका प्रतिनिधिको नाम लिस्ट प्रोजेक्टरमा देख्न सकिने र तेहि भित्रबाट टप ५ निकालिने छ ।यसो गर्दा अवार्डको बिश्वस्नियता र अलि बढी वैधानिक अनि वैज्ञानिक हुने सस्थाका सदस्य तथा प्रचार प्रसार सह-सम्योजक रामु खडकाले बताए ।

नोट:  अवार्ड फर्म भर्ने मिति पनि थोरै बाकी रहेको हुनाले कोही छुटेको र जानकारी नभयको भय छिटो भन्दा छिटो गयर सास्थाको कार्यलय लाजिम्पाट उत्तरढोका सम्पर्क गरिदिनुहुन अनुरोध छ।