लोकमानलाई बचाउँन चाहान्थे ओली - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

लोकमानलाई बचाउँन चाहान्थे ओली



काठमाडौं,भदौ ३  ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अख्तियारका तत्कालीन प्रमुख लोकमानसिह कार्कीलाई केपी ओलीले बचाउन चाहेको दाबी गरेका छन् । सुरुमा आफूले कारबाहीको प्रसताव लैजाँदा ओलीले तीनपटकसम्म नकारेको प्रसंग सुनाउँदै प्रचण्डले पछि बाध्य भएर कारबाही गर्न तयार भएको बताए ।

आजको अन्नपूर्ण पोस्टमा खबर छ– ‘लोकमानलाई बचाउने काम सुरुमा केपी ओलीले नै गरेका हुन् । यो मान्छेले धेरै चिज बिगार्ने भयो । हामी पावरमा भएका बेला कारबाही गरौं भनेर तीनपटक प्रस्ताव लगें तर उनले कारबाही गर्न ध्यानै दिएनन्,’उनले भने, ‘बरु उल्टै म प्रधानमन्त्री भएका बेला उनीहरुले नै प्रचण्डलाई कारबाही गर्, तेरो रक्षा गर्छौं भनेर लोकमानलाई उचाले ।’

प्रचण्डले एमाले नेतामा बाहिर र भित्र गर्ने दुईखाले चरित्र रहेको आरेप लगाए । उनले एमालेलाई आफूले कहिल्यै ठूलो नदेखेको पनि बताए । ‘एमाले र हाम्रो बीचमा लडाइँ ठूलो छ । संगठन उनीहरुले बनाए । एनजीओ आइएनजीओ धेरै छ । झन्डै ३० ३५ वर्षदेखि चुनावी राजनीतिमा लागेका छन् । हामी नयाँ प¥यौं,’ उनले भने, ‘उनीहरुसँग चुनावी नेटवर्क छ, पैसा छ । त्यसैले उनीहरु ठान्छन्, यहँँको सबै हाम्रो हो तर हामी उनीहरुलाई भुसुना पनि मान्दैनौं ।’