भूकम्पमा हराएको भनिएको लोकमानको फाइल मन्त्रिपरिषद् कार्यालयमा - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

भूकम्पमा हराएको भनिएको लोकमानको फाइल मन्त्रिपरिषद् कार्यालयमा



काठमाण्डु, ३ असोज– अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिसम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमै रहेको खुलेको छ ।

 

आइतबारको मन्त्रिपरिषद बैठकमा स्वास्थ्यमन्त्री गगन थापाले कार्कीको नियुक्तिसम्बन्धी कागजात हराएको विषय उठाएका थिए ।

थापाले जिज्ञासा राखेपछि मुख्यसचिव सोमलाल सुवेदीले नियुक्तिसम्बन्धी माइन्यूट कार्यालयमै रहेको जानकारी दिएका थिए ।

‘नियुक्तिको माइन्यूट हराएको थिएन। प्रधानमन्त्री कार्यालयमै छ । हामी केही दिनमै अदालतमा त्यसबारे जवाफ दिन्छौ,’ मुख्य सचिव सुवेदीले भने,‘ बाहिर भनिएजस्तो भूकम्पका कारण फाइल तलमाथि परेको होइन ।’
कान्तिपुर दैनिकबाट