लोकप्रिय गायक तथा सर्जक प्रेम सापकोटा 'सोनु' लाई सर्बोकृष्ट लोकदोहोरी गायकको अवार्ड - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

लोकप्रिय गायक तथा सर्जक प्रेम सापकोटा ‘सोनु’ लाई सर्बोकृष्ट लोकदोहोरी गायकको अवार्ड



काठमाडौं । गीतसंगीतको अत्यन्तै उर्वर भुमी मानिने धौलागिरी अंचल बाग्लुङ जिल्ला को दमेक गाबिस ६ मा बुवा शालिकराम सापकोटा र आमा मनरुपा सापकोटाको कोखबाट ६/२९ मा जन्मिएका बहुप्रतिभा का धनी लोकप्रिय गायक तथा सर्जक हुन प्रेम सापकोटा “सोनु” ।

बिध्यार्थी जिवनदेखिनै सांगीतिक क्रियाकलाप मा अत्यन्तै रुचि राख्ने र सहभागिता जनाउने प्रेम संग स्थानीय स्तरमा हुने हरेक सांगीतिक र साहित्यिक कार्यक्रम हरुमा दोस्रो हुन न परेको अनुभव छ ।

गाउमै १०+२ सम्मको अध्यन सकायपछी बाकी अध्यन र सांगीतिक यात्रा लाई औपचारिक रुपमा अगाडि बढाउने उदेश्यले २०६७ सालमा मोफसल देखि काठमाडौ भित्रीएका प्रेम लाई सांगीतिक यात्रा अगाडि बढाउन भने उनले सोचेकै जति सहज भएन तर पनि उनी निराश भने भएनन् ।

२०६८ सालदेखि दोहोरी साझमा गीत गाउदै अनौपचारिक सांगीतिक यात्रा शुरु गरेका प्रेम ले यसैबीचमा पहिलो गीत पापी न भने रेकर्ड गरि आफ्नो सांगीतिक यात्रालाई औपचारिक रुपमा अगाडि बढाएका थिए ।

दोहोरी साझमा दु:ख गर्दै आफ्नो अध्यन लाई निरंतरता दिदै दु:ख सुख पापी न भने ,बाटो फरक भो,सानू तिमिलाइ खोज्दै ,फेस्बुकमा add भैयो लगायत का केहि गीतहरू आफ्नो आवाजमा सांगीतिक बजारमा ल्याए ।
अन्ततः काठमाडौ को दोहोरी साझको कमाइले उनको बाकी सांगीतिक यात्रा अगाडि बढ्ने र आफ्ना आवस्यकता हरु पूरा हुने अवस्था न देखियपछी उनी जापान पुगे । बिगत ३ बर्ष देखि जापान लाई कर्मथलो बनाउदै आएका प्रेम को सांगीतिक यात्रा ले जापान पुगेपछि अझै निखारता र पुर्णता पायो ।

हालसम्म २ दर्जन बढी गीतहरू मा आफ्नो आवाज दिएका प्रेम गायन को अलावा सिर्जना मा पनि उत्तिकै अब्बल देखिन्छन् भने केही गीतहरू मा उनी आफै अभिनय र निर्देशन समेत गरेका छन् । मायाको घैला,यस्तै छ बाबा,दुनियाँ को नजरमा,आइफोन को रुख,जापानी रेल,मरे बराबर ,परदेशी दिदी,सुन्तला कुहिए गाउमा ,बच्चाको साथी, जोगी,के छ साली बिचार,लगायत उनको स्वर र सिर्जनामा सांगीतिक बजारमा आएका थुप्रै गीतहरू ले राम्रो चर्चा संगै सफलता पाएका छन् ।

संसार कै ब्यस्त देश जापान मा रहेर काम गर्दै नेपाली गीतसगीतको यात्रा निरंतरता दिन सहज छैन ।
नेपाली गीतसंगीत प्रतिको उनको यो योगदान संघर्ष र गीतसंगीत प्रतिको यो लगाब को कदर गर्दै हिजो मात्रै सम्पन्न नेपाल को पहिलो समाबेशी म्युजिक अवार्ड नेसनल पावर म्युजिक अवार्ड बाट सर्बोकृष्ट लोक दोहोरी गायक को अवार्ड सापकोटा को हातमा परेको हो । यश अगाडि सातौं म्युजिक खवर म्युजिक अवार्ड २०७५ बाट डायस्पोरा संमान र पहिलो एपिक म्युजिक अवार्ड बाट सर्बोकृष्ट दशै गीत शब्द रचना बाट पनि अवार्ड हात पार्न सफल सापकोटा को बाकी सांगीतिक यात्रा र भबिस्य सधैं सफल र उज्ज्वल रहोस् शुभकामना !!

यो पनि पढ्नुहोस् :

नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०१९ राजधानी स्थित राष्ट्रिय नाचघरमा भव्य रुपमा सम्मपन्न भएको छ । गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्मपन्न कार्यक्रममा शम्भूजित बास्कोटा, वसुन्धरा भुसाल, चैत्यदेवी, श्याम तमोट, दिनेश डि.सी., रवि गिरी, रामकृष्ण कर्माचार्य, जुगल डंगोल, महिमा पोखरेल सभासद् कृष्ण राईलगायत नेपालका ख्याति प्राप्त विशिष्ठ व्यक्तित्वहरुको बिचमा सम्पन्न भएको हो । कुल ५१ विधामा वितरण गरिएको अवार्ड कार्यक्रममा जुरी, ईन्करेजमेन्ट, डायस्पोरा र क्रिटिक्स अवार्ड समेत वितरण गरिएको थियो ।

पत्रकार तुलसी गिरी ‘भावुक’ लाई पत्रकारिता पुरस्कार प्रदान गरिएको उक्त अवार्ड समारोहमा पत्रकार विजय रत्न तुलाधर, पारस पौडेल, चन्द्रमणि गौतम, निराजन भण्डारी, राज लुईटेल, कुष्णा आचार्य रोशनी , अमिर न्यौपानेलगायतका व्यक्तिहरु सम्मानित भएका थिए ।

नेपाली भाषा र भेषभुषाको प्रवद्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका अध्यक्ष माधव राज खरेलले वताए । कार्यक्रमको आयोजक समितिमा संयोजक कमाला जोशी, सदस्य सचिव श्रीदेव भट्टराई, सल्लाहाकार समितिका प्रमुख शान्तिप्रिय, मिडिया संयोजक गीता अधिकारी, सदस्यहरु राजन थापा, अर्जुन खरेल, च्याङ्गवा लामा, अमृत खाती, राम ढकाल, राजन खरेल, सपना जोशी, अरविन्द्र गौतम, पुरुपोत्तम सानु, विपिन भाट लगायतका रहेका छन् । कार्यक्रमको आयोजना पावर ईन्टरनेशनल मिडया नेपालले आयोजना गरेको थियो ।

अवार्ड विजेताहरु
१ .उत्कृष्ट राष्ट्रिय भावको गीत बि बि थाप
२. उत्कृष्ट पप गीत स्वर (महिला) केन्जुमा सुब्बा
३. उत्कृष्ट पप गीत स्वर (पुरुष) कृष्ण काफ्ले
४. उत्कृष्ट पप गीत (शब्द) मनिष बशिष्ठ
५. उत्कृष्ट पप गीत (संगीत) मनोज चौलागाई
६. उत्कृष्ट पप गीत (नव गायक ÷ गायिका) कौशल राज खड्का
७. उत्कृष्ट पप गीत भिडियो (निर्देशक) टेकेन्द्र शाह
८. उत्कृष्ट पप गीत भिडियो (मोडल महिला) एलिसा राई
९. उत्कृष्ट पप गीत भिडियो (मोडल पुरुष) हेरुका लामा
१०. उत्कृष्ट गजल बि बि थापा
११. उत्कृष्ट लोक गीत काव्य आचार्य
१२. उत्कृष्ट शब्द (आधुनिक) डा.डि आर. उपाध्याय
१३. उत्कृष्ट संगीत (आधुनिक) सन्तोष श्रेष्ठ
१४. उत्कृष्ट स्वर गायक (आधुनिक) पुन्यम प्रधान
१५. उत्कृष्ट स्वर गायिका (आधुनिक) निशा देशार
१६. उत्कृष्ट नव गायक ÷गायिका (आधुनिक) सविना श्रेष्ठ
१७. उत्कृष्ट यूगल गायन अजय अधिकारी÷ समिक्षा बस्नेत
१८. उत्कृष्ट भिडियो निर्देशक (आधुनिक) जनक सिं
१९. उत्कृष्ट भिडियो महिला मोडल (आधुनिक) अनामिका चौलागाई
२०. उत्कृष्ट भिडियो पुरुष मोडल (आधुनिक) प्रज्वल गिरी
२१. उत्कृष्ट भिडियो नव मोडल (आधुनिक÷ पप) अमन श्रेष्ठ
२२. उत्कृष्ट भिडियो छायांकार (आधुनिक÷ पप) अर्जुन तिवारी
२३. उत्कृष्ट भिडियो सम्पादक (आधुनिक÷ पप) विकाश दाहाल
२४. उत्कृष्ट चलचित्र (शब्द) लोक राज अधिकारी
२५. उत्कृष्ट चलचित्र (संगीत) दिपक शर्मा
२६. उत्कृष्ट चलचित्र (गायक) डेविट शंकर
२७. उत्कृष्ट चलचित्र (गायिका) विन्दु परियार
२८. उत्कृष्ट लोक दोहोरी (शब्द) दिपक कँडेल            २९. उत्कृष्ट लोक दोहोरी (लय) केशब सापकोटा
३०. उत्कृष्ट लोक दोहोरी स्वर (महिला) अमृता लुङगेली मगर
३१. उत्कृष्ट लोक दोहोरी स्वर (पुरुष) प्रेम सापकोटा (सोनु)
३२. उत्कृष्ट लोक दोहोरी स्वर (नव गायक÷ गायिका) गीता सेन्चुरी
३३. उत्कृष्ट लोक दोहोरी भिडियो (नव मोडल) ओम श्रेष्ठ
३४. उत्कृष्ट लोक दोहारी भिडियो (निर्देशक) बविता श्रेष्ठ
३५. उत्कृष्ट लोक दोहारी भिडियो (मोडल महिला) संचिता शाही
३६. उत्कृष्ट लोक दोहारी भिडियो (मोडल पुरुष) दिनेश थापा
३७. उत्कृष्ट लोक दोहारी भिडियो (सम्पादक) मनोज कार्की
३८. उत्कृष्ट लोक दोहारी भिडियो (छायांकार) बासु बराल
३९. उत्कृष्ट नेपाल भाषा गीत सानुबाबु महर्जन
४०. उत्कृष्ट नेपाल भाषा भिडियो (निर्देशक) पवन जोशी
४१. उत्कृष्ट नेपाल भाषा भिडियो (मोडल) रुपेन श्रेष्ठ
४२. उत्कृष्ट काठे गीत राज कुमार हुमागाई
४३. उत्कृष्ट काठे गीत भिडियो (निर्देशन) दिपेन्द्र तिमिल्सिना
४४. उत्कृष्ट काठे गीत भिडियो (मोडल) सन्जिव ठकुरी
४५. उत्कृष्ट डेउडा गीत पुष्पा बोहोरा÷शुरेश शाही
४६ .उत्कृष्ट डेउडा गीत भिडियो (निर्देशन) शेर साउद
४७. उत्कृष्ट डेउडा गीत (मोडल) पुष्पल खड्का
४८. उत्कृष्ट राई गीत उर्मिला राई
४९. उत्कृष्ट तामाङ गीत रोशन फ्युवा
५०. उत्कृष्ट तामाङ गीत भिडियो (निर्देशन) अजय स्याङ्तान
५१. उत्कृष्ट तामाङ गीत (मोडल) सागर घिसिङ

जुरी, क्रिटिक्स, ईनकरेज्मेन्ट, पपुलर, पव्लिक च्वाईस र डायस्पोरा अवार्ड प्राप्त गर्ने सर्जक एवं स्रष्टाहरुमा अन्जना गुरुङ, चिरन्जीवी भण्डारी, विष्णा विरही, शंकरदेव कँडेल, सिताराम पोखरेल, प्रतिक्षा सिं, कस्तुप पन्त, सिता धमला, सोनी राजभण्डारी, स्मृति गौतम, पुजा सुनुवार, देवमान तन्डुकार, सुरज राजभण्डारी, केशर लामा, अमृत भारती, पुर्णीमा लामा, कमला रिसाल, कृष्ण भट्टराई, सिजम सिंजाली, केशव शर्मा, कला पंगेनी, नारायणवावु कोईरालालगायतका रहेका छन् ।