लोकसेवा आयोगका सबै परीक्षा स्थगित - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

लोकसेवा आयोगका सबै परीक्षा स्थगित



काठमाडौं : लोकसेवा आयोगले सबै परीक्षा स्थगित गरेको छ। आयोगले माघ मसान्तसम्म निर्धारित सबै परीक्षा स्थगित गरेको लोक सेवा आयोगका प्रवक्ताले बताएका छन् ।

कर्मचारी र विद्यार्थीमा कोरोना देखिन थालेपछि आयोगले परीक्षा स्थगित गरेको हो।

यसअघि बुधबार लोकसेवा आयोग बागमती प्रदेशले माघ ८ गतेदेखि संचालन हुने परीक्षा स्थगित गरेको थियो।