लोकतन्त्रमा मात्र देशको आर्थिक समृद्धि हुने : उद्योगपति चौधरी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

लोकतन्त्रमा मात्र देशको आर्थिक समृद्धि हुने : उद्योगपति चौधरी



मङ्सिर ९,कैलाली ।

वरिष्ठ उद्योगपति विनोदकुमार चौधरीले लोकतन्त्रमा मात्र देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान सहज हुने बताएका छन् ।

नेपाल प्रेस युनियनले शनिवार धनगढीमा गरेको पत्रकार सम्मेलनमा नेपाली काँग्रेसको समानुपातिक उम्मेदवारसमेत रहनुभएका चौधरीले लोकतन्त्रसँग अर्थतन्त्रको ठुलो सम्बन्ध रहेको चर्चा गरे ।

विकास र समृद्धिका लागि प्रशस्त सम्भावनाहरू सुदूरपश्चिम ७ नं प्रदेशमा रहेको भए पनि अहिलेसम्म यो क्षेत्र विकासबाट पछि परेको उल्लेख गर्दै उनले भने, “सुदूरपश्चिमलाई विशेष आर्थिक क्षेत्र बनाउन जरुरी छ ।” उनले भने, “ आर्थिक एजेण्डाको स्वामित्व बोक्ने र विकासको रोडम्यापलाई अन्तिम गन्तव्यमा पिर्‍याउन जिम्मेवारी लिने सरकारको आवश्यकता छ ।”

पत्रकार सम्मेलनमा काँग्रेसका अर्का समानुपातिक उम्मेदवार उमेश श्रेष्ठले आर्थिक विकासका कार्यक्रमबारे प्रकाश पारेका थिए । रासस