लोमन्थाङ गाउँपालिका: कांग्रेसको प्यानल नै विजयी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

लोमन्थाङ गाउँपालिका: कांग्रेसको प्यानल नै विजयी



स्थानीय तहको निर्वाचनको मतपरिणाम आउन सुरू गरेको छ । मुस्ताङको लोमन्थाङ गाउँपालिका वडा नम्बर एकको मतगणना सम्पन्न भएको छ ।

सकिएको मतपरिणामअनुसार उक्त वडामा वडाध्यक्षसहित कांग्रेसको प्यानलै विजयी भएको छ ।

वडाध्यक्षमा कांग्रेसका पेमा आङग्या गुरुङ विजयी भएका छन् । उनले एमालेका प्रतिद्वन्द्वी एमालेका ङिमा धिन्ढु गुरुङलाई परािजत गरेका हुन् ।

यो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवारहरूले लगातार अग्रता बनाइरहेका छन् ।