पाउनु मात्र हैन ,गुमाउनु पनि माया हो ! « Himal Post | Online News Revolution
Logo

पाउनु मात्र हैन ,गुमाउनु पनि माया हो !



विद्यार्थी जीवन जोश  ,जागर र बैँस चढ्ने समय । जब सबैका माया गर्ने जोडीहरु देख्थे  तब मनमा यस्तो लाग्थ्यो कि  मेरो पनि कोही यस्तो होस जसको लागि म नै सबै थोक होस  ।उनको एक मुस्कानले स्वार्ग बनोस  मेरो जीन्दगी उनको सुमधुर आवाजले अमृत बनुस मेरो जीन्दगी यस्तै चाहना हुन्थ्यो । मनमा सोच्थे मेरो पनि अरूको जस्तै माया गर्ने मान्छे भैदिए कति खुसी हुन्थे होला । मनले कसैलाई खोजेको जस्तो आभास गर्न थाल्यो ।

एक दिन गाउँघर तिर हिडदै गर्दा मेरो नजर उनी माथि पर्‍यो  ।उनी मेरी गाउँघर कि  रैछिन  ।खै किन हो उनी  अनायासै  मन पर्‍यो । यो मनलाई एउटी सुशील  अनि झट्ट हेर्दा राम्री पनि थिइन । उनी सङ सधैँ भेटे पनि आफ्नो मनको कुरा भन्न सक्दिनथे  ।उनलाई नजिकै भएर नि केइ टाढा भए जस्तो, आफ्नै  भएर नि आफ्नो बनाउन नसके जस्तो । खै त्यो बेला मनमा बेग्लै चचंचलता थियो । उनकै  मात्र याद यो मन को वरिपरि नाची रहन्थ्यो । कहिले काहिँ आट गरेर मनका कुरा भन्न मन लाग्थ्यो   ।

तर डर अति हाबी हुँदो रैछ मायामा तर पनि मनको कुरा मनमै गुम्साएर  राख्न   सकिन  । मनमा अनि निधो गरे मनको कुरा भन्ने ।मलाई अझै याद छ त्यो दिन जुन दिन मैले हिम्मत गरेर मनको कुरा उनीलाई भनेको थिए ।मैले एकजाना दिदीको घरमा बोलाए मनमा लागेका सबै कुरा भनिदिए उनीलाई  प्रतिउत्तरको   आशाले  सबै भवनमा भनी दिए उनलाई।

साँच्चै यो मनको कुरा भन्न कति गाह्रो हुँदो रैछ कयौ प्रयास पछि मात्र मनको कुरा भन्न सकिदो रहेछ। मैले आफ्नो मनको कुरा त भनिदिए माया गर्छु भनेर। तर उनी मै  मौन  बसिन केहि  नबोली ।  बस  चुपचाप चुपचाप…… शान्त थियो त्यो पल केहि समय पछि बल्ल बोलिन उनी अनि भनिन दिपेस यस्को जवाफ पछि भन्छु नि ल !

तेति भनेर उनी त्यहाँ बाट हिडिन बल्ल तल मनका कुरा बोझहरु  राखेर हकमा भएको थिए तर फेरि पनि उनको जवाफले मलाई निराश बनाइदियो झन् आतिए डराए मनमा विभिन्न सिचाइहरु कालो बादल झैँ मडारिदै आए।कतै उनले मेरो मायालाई अस्वीकार त गर्दैन कतै उनी रिसाएर म सङ बोल्नौ त छाडदिन मनमा एस्तै डरले डेरा जमायो ।छटपटीले  निन्द्रा लागेन जति निदाउन  खोजे पनि  उनको  जवाफ के आउँछ भनी सोचिरहे ।

बिहानी  सूर्यका किरणहरुले ईश्पर्ष  गरिसकेको थियो  ।तेसै गरी कुर्दै थिए म मेरी उनीलाई ,अनि उनको जवाफलाई “म पनि तपाईँलाई धेरै माया गर्छु दिपेस “उनको जवाफ थियो । यो पनि तपाईँलाई धेरै माया गर्छु दिपेस यहि वाक्य मेरो कानको बारपार सुनिरह्यो गुन्जिरहयो  ।मनले यहि वाक्य  बारम्बार दोहोराई  रह्यो अनाएसी कामी रहेका मुटुहरु अढिए टक्क खुसीले फुरुङ भयो मन । आज सम्झन्छु म त्यो दिन जति खुसी पहिले कहिल्यै पनि भएको थिएन होला।

त्यसपछिका   दिनहरू मेरो लागि स्वर्णिम  युगका दिनहरू थियो  ।उनी सङ भेट्थे ,खै कसरी हो मायामा धेरै कुराहरू  हुँदो रैछ ।जब हामी दुईसङै हुन्थ्यौ  तब एकै छिन भेटेपनि समय बितेको पत्तै हुन्थेन ।एक दिन न भेट्दा एक दिन नबोल्दा बर्सै नभेटे र मन छ्ट्पन्थियो ।हामी एकआर्कामा चिट्ठी अद्न्परदान गर्थौ  । सायद जीवनको पहिलो प्रम भएर होला यो मनले सधैँ उनको लागि  केहि न केहि  उपहार उनको लागि देऊ जस्तो लाग्थ्यो   ।अनि दिन्थे पनि । उनी पनि मलाई मायाको चिनो पठाउथिन अरू मार्फत ।

उनको वास्तविक घर काठमाडौँ रैछ । हाम्रो गाउमा उनी घुम्म आइकी रैछिन आफन्तको घरमा केहि  दिनको बसाईमा हामी एति धेरै नजिक भैसकेका थियौ ।उनको आफ्नो जन्म थलो काठमाडौँ तर्फ लागिन ।हाम्रो त्यो बिछोडको बेला यी आँखाहरू उनको अँखाहरू नयन भएर असासिएका  थिए चन्द्र झैँ । मलाई कहिल्यै धोका नदेउ है  अमृता । बोल्दा मेरो आवाज बसी सकेको थियो अनि बिदाइका हातहरू हल्लाउँदै उनको मुहार पनि कालो बादल मडराइ रहेको थियो ।

मनले सोच्यो जानै नदेउ सधाको लागि मेरै घरमा राखु तर विद्यार्थी जीवन हाम्रो बिहेको उमेर नि भएको थिएन  ।मनमा बढी कुरा खेलाए अनि बसे आफ्नो साझा चौतरीमा जहाँ मैले जिन्दगीका उदास र रमाइला सबै पलहरू बिताएको थिए । उनी गएसी पनि उनको मलाई सधैँ आभास हुन्थियो ।हामीलाई  सधैँ नजिक पार्ने फोन र चिट्ठी थियो। उनले सधैँ भन्थिन दिपेस म तपाईँ बिना बाच्न सक्दैन र भुल्न पनि ।उनको आवाजमा यी सब सुन्दा मन खुसीले फुरुङ हुन्थ्यो  ।

म पनि तिमलाइ धेरै माया गर्छु ।अनि गरिरहने छु सधैँ ।म जवाफमा  भन्दिन्थे  उनलाई । उनको बोली एकदमै मनपर्थ्यो , मलाइ खै  !किन किन हो  मलाई सधैँ उनलाई भेट्म मन  लाग्थ्यो । अनि बोलिरहन मन लाग्थियो तेसैले त उनी सङ नबोल्दा दुखी रहन्थियो यो मन ।
साँच्चै यो मन छट्पटीनथियो उनीलाई भेट्न न पाउँदा उनी भको ठाउँमा जान मन लाग्थ्यो तर म सङ काठमाडौँ पुग्ने खर्च हुँदैन थियो ।

त्यो बेला विद्यार्थी जीवन पैसाको सधैँ अभाव हुन्थ्यो  झन् तेइ माथि मध्याम वर्ग परिवारमा जन्मिएको छोरा । अभाव त सानैबाट तर पनि उनको याद र साथले जिन्दगी सुरिलो हुन्थ्यो  ।तेति बेला म पर्ती उनको माया देखेर येस्तो लालाग्थ्यो कि   उनी म बिना बाच्न सक्दिनन । म सङ मोबाइल थिएन त्यो बेला तेसैले म फोन गर्न एउटा दिदीको घर जान्थे । अभावमा केइ पैसा जम्मा गरेर खाजा नखाइ उनी सङ बोल्थे मायाका बार्तलापहरू सम्झिदा पनि खुसी लाग्छ । जब मान्छे मायामा पर्छ तब येस्तै हुँदो रहेछ । उनी सङ बोलिहरु उनी सङै हासिरहु अनि उनलाई आफ्नो भावना पोखी रहु ।उनले पनि गाउँ घरका दिदी हरुको मोबाइलमा मलाइ फोन गर्थिन ।मान्छेले सोंचे  जस्तोका हुँदो रहेछ र सधैँ एकै नास नहुदो रहेछ।सधैँ फोन गरी रहने उनीले चिट्ठी र फोन दुबई बन्द गरिन ।

मैले उनी सङ धेरै चोटि सम्पर्क गर्न खोजे तर म सधैँ फेल खाए।उनको निराश र बोली सुन्न आतुर म काठमाडौँ हानिए ।तर उनको मुहार हेरेर फर्किदा मैले सबै थोक गुमाए मलाइ लाग्थ्यो । म आएको  देख्दा  उनी खुसीयालिमा  उनी उफ्रिनछिन मलाइ अङगालोमा बाधछिन ।तर मेरो सोचै गलत थियो । उनी बोल्दा नि बोल्दानी बोलिनन  केहि  दिनको बसाइमा मैले थाहा पाए कि मेरी अमृताले मलाइ भुलिसकेकि रैछ्न जब उनकी दिदी सङ उनको बारेमा बुझे तब उनको दिदीले दिनु भएको  जवाफले मेरो मनलाई टुक्राटुक्रा परि दियो।वहाँले भन्नू भयो भाइ तिमले मेरो बहिनीलाई बिर्सेउ त्यो तिम्री कहिल्यै हुन सक्दिन  ।

किन दिदी के कारण हो र ?  उनी मेरी हुन नमिल्ने ।दिदीको प्रतिउत्तरमा मैले यहि  शब्द रुदै  भनेको थिए  ।अनि वाहा भन्नू भयो तिम्रो घर केहि  छैन तिम्रा बुबाले दुईवटा बिहे गर्नु भाछ  ।अझ तिमि सौतेनीआमा सङ बस्छौ ।झन् मेरी बहिनीलाई बारीको काम गर्न आउन्न तेहा कसरी खुसी हुन्छे । मेरी बहिनी तेसैले मैले तिमलाइ मेरी बहिनी दिन सक्दिन।

दिदीको कुरा सुनेर सुनेर मन भारी भयो अनि एक छिन मन भकिने गरी रोए ।आखिर के गल्ती थियो र ममा के म गरिब छु तेसैले हो  ।कि मेरा बाबाले दुईवटा बिहे गरेछ्न तेसैले ।आखिर उनले म सङ माया गर्थिन उनलाई खुसी दिने जिम्मेवारी मेरो हो  ।मेरो घर को त हैन ।
सायद माया भनेको सहजमा गसिनु र अप्ठ्यारोमा साथ छोड्नु हो र के उनलाई मेरो बारेमा पहिला नि थाहा थिएन र ? मन भक्कानिएर आयो अनि रोए। अन्तयमा मैले उनलाई जसरी नि भेट्ने निधो गरे ।

उनी सङ भेट नि भो तर उनी म सङ तेति खुलेर बोलिन्न ।मैले सोधे किन येस्तो गर्दै छौ तिमी। उनी रोएर आङगालोमा बाधिएर रुदै भनिन्न म तिम्रो हुन नचाहेको होइन तर समय र परिस्थितिले हाम्लाइ मिलाउन खोजेको छैन। उनको यो कुरा सुनेर गहभरि आँसु आयो।
अनि भने किन के भो र तेस्तो ।उनले भनिन मैले तिमीलाई भन्न सक्दिन ।माफ गर्नु । तिमीलाई म दु:खी बनाउन चाहेको होइन। तिमि म सङ नभेट अब।

उनको यो कुरा सुनेर म केहि  बोल्नौ सकिन । ल म के भनम र  तिमीले आफ्नो समस्या भन्न चाहिनौ। आज आएर मलाई पराइको बनाएयौ।
उनले भनिन तिमि मलाई जे सोच्न छ  सोंच । तिम्रो साथमा नभए पनि म तिमलाइ सधैँ माया गरिरहने छु ।तर वास्तविकतामा जे भए पनि कलपनामा तिमी मेरो होउ  ।तिमी मेरो जन्म जन्म मेरो नै हौ । मात्र मरो ।मेरो माया अरू कसैको होइन तिमीलाई मात्र हो।एति भन्दै उनी तेहाबाट बिदा भईन  ।

अन्यतमा सुन्न आयो उनलाई क्यान्सर रैछ जुन उनको घरकालाइ नि थाहा रैन्छ।उनले मलाई छोडेर अर्कै सङ बिहे गरेको ९ महिना मै उनले सन्सार छोडिछ्न।उनले मेरो लागि आफ्नो दिदी संग  एउटा चिट्ठी छोडिकि रैछिन ।मैले पाए पढदा गह भरी आँसु आयो।। चिट्ठीमा लेखेको थियो दिपेस मैले तिमलाई आफ्नो बनाउन चाहेको होइन ।सायद मैले तिमीलाई आफ्नो बनाको भए तिमि मेरो माया त पाउथेउ तर अरू कसैलाई माया गर्न सक्थेनौ होला। तेसैले तिमी बाट टाढा भए ।तिमले मलाई बिर्सन्छौ कि भनेर र !

आफ्नो नयाँ जिन्दगी सुरु गर्छौ भनेर म तिमि बाट टाढिएकी हु  ।त्यसको  लागि म माफी चाहन्छु दिपेस
उनको यो कुरा पढ्दा मन भित्रैबाट फुटेर आयो।भक्कानिदै रुदै भने सानु मैले तिमीलाई केइ दिनको  लागि गरेको माया होइन मेरो माया तिम्रोलागि सधैँ एकैनास हुने छ।हाम्रो मायालाई अमर पारेर गयौ तिमि। तिमी मेरो सामु नभए पनि तिमी सधैँ मेरो मनमा हुनेछौ।

लेखक :वि

कपिलवस्तु,