खाना पकाउने ग्यासको मूल्य घट्यो - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

खाना पकाउने ग्यासको मूल्य घट्यो



१७ साउन, काठमाडौँ ।
नेपाल सरकार र आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतीसिलिन्डर रु २५ को दरले घटाएको छ ।

अब खाना पकाउने एक सिलिण्डर ग्यासको मूल्य १३ सय २५ रुपैयाँ पर्ने भएको छ। नयाँ मूल्य मङ्गलवार मध्यरातिदेखि नै लागू हुनेछ ।

मूल्य समयोजन पछि पनि आयल निगमलाई एक सिलिण्डर ग्यासमा ७४ रुपैयाँ ९० पैसा अझै नाफा छ ।

पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य भने यथावत छ । नयाँ दरअनुसार निगमलाई प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ ८४ पैसा नाफा र डिजेलमा १ रुपैयाँ १८ घाटा छ । त्यस्तै मट्टीतेलमा १७ रुपैयाँ १३ रुपैयाँ नाफा, हवाई इन्धन (आन्तरिक) मा ९ रुपैयाँ १६ पैसा नाफा, र हवाई इन्धन (बाहृय)मा २० रुपैयाँ २९ पैसा नाफा छ ।