लुकाकुले मागे माफी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

लुकाकुले मागे माफी



काठमाडौं- कोरोना भाइरसको संक्रमण सम्बन्धी आफ्नो एक टिप्पणीका लागि इन्टर मिलानका स्ट्राइकर रामेलु लुकाकुले माफी मागेका छन् । उनले गएको जनवरीमा इन्टर मिलानका २५ मध्ये २३ खेलाडीमा कोरोना भाइरसको लक्षण रहेको बताएका थिए ।

लुकाकुले बेल्जियमको टेलिभिजनलाई दिएको इन्टाग्राम लाइम अन्तर्वार्ताको क्रममा मंगलबार यस्तो बताएका हुन् । इन्टर मिलानले जनवरीका सबै खेलहरु बिना कुनै अवरोध सम्पन्न गरेको थियो ।

लुकाकुको यस्तो टिप्पणीपछि इन्टर मिलानले उनलाई गम्भीर रुपमा सचेत गराएको बुझिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएक छन् । त्यसपछि उनले आफ्नो टिप्पणीप्रति माफी मागेका हुन् । उनले माफी मागेसँगै यो विषय अन्त्य भएको ठानिएको छ ।