लुम्बिनी प्रदेशमा गठबन्धनका तीनैजना उम्मेदवार विजयी - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

लुम्बिनी प्रदेशमा गठबन्धनका तीनैजना उम्मेदवार विजयी



दाङ: राष्ट्रिय सभा निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका तीन जनै उम्मेदवार विजयी भएका छन्।

महिलातर्फ नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे, दलिततर्फ राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा र अन्यतर्फ कांग्रेसका युवराज शर्मा विजयी भएका छन्।

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भएको थियो। औपचारिक मतपरिणाम भने घोषणा हुन बाँकी छ।

निर्वाचनमा प्रदेशसभा सदस्य ८१ र पालिकातर्फ १०७ जनाले मतदान गरेका थए।