अब लुम्बिनी अञ्चल अस्पताल बुटवलमै दूरबिनबाट पत्थरी निकालिने - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

अब लुम्बिनी अञ्चल अस्पताल बुटवलमै दूरबिनबाट पत्थरी निकालिने



तिलोत्तमा(रुपन्देही), पुस १६ गते । लुम्बिनी अञ्चल अस्पताल बुटबलमा दूरबिनबाट पत्थरी निकाल्ने पद्धति ल्यापरोसी सेवा शुक्रबारदेखि सुरु भएको छ ।

लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विकास देकोटाले ।अस्पतालका शल्यचिकित्सकको टोलीले सेवा सुरु गरेको जानकारी दिनुभयो । बुटवल– १३ देवीनगरकी रीता नेपालीले उक्त सेवा लिएर उद्घाटन गरिएको अस्पतालले जनाएको छ । अञ्चल अस्पतालमा सुरु भएको सो सेवा शल्यक्रिया विशेषगरी स्त्रीरोगका लागि लाभदायक हुने छ । रासस