सिंहदरबार: लुटको स्वर्ग ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सिंहदरबार: लुटको स्वर्ग !



नेपालको सिंहदरबारमा लुटको स्वर्ग छ । ‘सिंहदरबारको अधिकार गाउँ-गाउँमा गए पनि कर्मचारीहरू सिंहदरबारबाट गाउँ जान अटेर गर्दैछन । देश राष्ट्र जनताको काम गर्ने सोझा इमानदार कर्मचारीलाई न् प्रमोसन हुन्छ नत परिवार पालनपोषण गर्न सक्छन् । इमानदार कर्मचारी प्रमोसन हुन पैसाको बोरी दिनुपर्छ । या राजनैतिक पॉवर हुनुपर्छ । इमानदार कर्मचारीको अवस्था दयनीयता छ । निमुखा कर्मचारीलाई ‘खाए खा नखाए घिच’को जस्तो दमन हुन्छ ।

आज आम जनताले कर्मचारीतन्त्र, प्रहरी प्रशासन , राजनीतिलाई हेर्ने दृष्टिकोण र मानसिकता पक्कै पनि राम्रो छैन अझ भनौं नकारात्मक नै छ । कर्मचारी भन्ने बित्तिकै कामचोर र भ्रष्ट छन् , भन्ने उदगारबाट लाञ्छित हुनुपर्ने आम कर्मचारीको अवस्था छ । गर्वले यो देशको कर्मचारी हौँ भन्न सक्ने स्थिति छैन । किनभने परिस्थिति र व्यवहार पनि सोही अनुसार विकसित भइरहेको देखिन्छ ।

आम कर्मचारीतन्त्रमा सरुवाको अवस्था सेवा, सुविधा हेर्दा र एउटै कर्मचारी सेवामा विभेद देख्दा सहजै सबैले अनुमान गर्न गा¥हो पर्दैन आम कर्मचारी सङ्गठन, राजनैतिक दल यसको व्यवस्थापनमा लागेको देखिएको छैन । यदि लागेका थिए र व्यवस्थित प्रशासन हुने थियो । भने वैज्ञानिक सरुवा, बढुवा प्रणाली, कर्मचारी प्रशासनमा प्रवेशमा आकर्षण जस्ता कुराहरू हुन्थे।

मेरो देशको माननीय नेता कर्मचारीका छोरा छोरी स्कुल अध्ययन सक्ने बित्तिकै कर्मचारीका, राजनैतिक दल र उच्च प्रशासक समेतका छोराछोरीहरु नेपालमा सरकारी नोकरी सेवामा प्रवेशको सट्टा युरोप, अमेरिका लगायतका देशमा पठाउनका लागेको हुन्छन् । तिनीहरू विदेशमा गएर अध्ययन गर्दा हामी तिनका अभिभाबकहरु फेसबुकमा फोटो राखेर शेयर गरिरहेका हुन्छौं र आफूलाई गौरन्वानित सम्झी रहेका हुन्छौं ।

देश जनताभन्दा आफ्नो निजी जीवनको बारेमा मात्रै सोचने बेईमानी कर्मचारीको माथि देखी तलसम्म उनीहरूको बोलवाला हुन्छ । नेपालमा सरकारी जागिर खाएर भ्रष्टाचार नगर्नेहरूलाई आफन्त, नातागोता कसैले पनि गन्दैनन् । भ्रष्टाचारमा पहुँच भएका सरकारी कर्मचारीले भ्रष्टाचार गरेनन् भने समाजले नै उनीहरूलाई नालायक घोषणा गरिदिन्छ । नेपालमा भ्रष्टाचार नगर्नेभन्दा गर्नुपर्छ भन्ने सामाजिक दबाब धेरै ठुलो छ ।

एक उदाहरण – नेपालका कर्मचारीको श्रीमतीको प्रश्न ” तपाई्सङ्ग नै सरकारी जागिर खाएको तपाइको साथीले काठमांडूमा महल बनाये उसको छोराछोरी अमेरिका गएका छन्। तपाईँले सरकारी जागिर खाएर छोरा छोरी बीमारी भएको बेला उपचार गर्न सक्नु हुँदैन । तपाइको छोराछोरी सरकारी स्कुलमा अध्ययन गर्नुपर्ने नाजुक अवस्था छ! कर्मचारीतन्त्रमा एक कर्मचारी छोरा छोरी अमेरिका जापान जानसक्ने।अर्को इमानदार कर्मचारीको छोराछोरी गाउँको सरकारी स्कुलमा अध्ययन गर्न समेत मुस्किल पर्ने नाजुक अवस्था भएको छ यती धेरै
कर्मचारीतन्त्र असमानता किन भएको छ ?

नेपाल जस्तो अस्थिर राजनीति भएको देशमा कर्मचारीतन्त्र नै स्थायी सरकार हो । स्थानीय निर्वाचन नभएको सन्दर्भमा झन्डै दुई दशक देशको स्थानीय सरकार सरकारी कर्मचारीलेे चलाए ।हाम्रो देश नेपालको दुर्भाग्य नै भनौँ नेपालका कर्मचारीतन्त्र देशको सबैभन्दा भ्रष्ट अङ्ग बनेको छ । केही इमानदार कर्मचारी पनि छन् । तर देश जनताको सेबक बनेर काम गरेका इमानदार कर्मचारीको समाजमा न् सम्मान न् प्रतिष्ठा छ! आर्थिक अवस्था पनि नाजुक हुन्छ ।

नेपालमा धेरै भ्रष्टाचार गर्ने मन्त्रालय, जस्तै– अर्थ,गृह , स्वास्थ्य, कृषि, शिक्षा , विदेश मन्त्रालय जस्ताका उपल्ला तहका कर्मचारी देखी तल – सम्म केही कर्मचारीबाट भ्रष्टाचार हुन्छ ।नेपालमा सरकारी जागिरेहरू र भ्रष्टाचारबीच जुका र रगतको जस्तो सम्बन्ध छ । जसरी रगतबिना जुका बाँच्न सक्दैन, त्यसै गरी सरकारी जागिर खानेहरूको कुनै न कुनै किसिमको भ्रष्टाचारमा पहुँच भएन भने आफ्नो सामान्य जीविका पनि धान्न धौ–धौ हुन्छ । यसमा सरकारी कर्मचारीको होइन, हाम्रो समग्र सामाजिक र राजनीतिक प्रणालीको दोष छ ।

देश जनताको हित विपरीत काम गर्ने बेईमानी भ्रष्टाचारी कर्मचारीलाई सामाजिक बहिष्कार गरौँ । कर्मचारीतन्त्रलाई पारदर्शी र आर्थिकरूपमा सबल बन्न सक्ने तलब नदिएसम्म यो समस्या रहिरहन्छ ।भ्रष्ट कर्मचारीतन्त्रका कारण नै हाम्रा दैनिक सेवाहरू कमजोर र गुणस्तरहीन बनेका हुन् ।देश जनताका सेवक इमानदार ,सोझा सिधा कर्मचारीलाई राष्ट्रिय रूपमा सम्मान गरौँ ।

-आरबी खड्का भारत