'म राष्ट्रपति बनेपछि भारत सबैभन्दा प्राथमिकतामा पर्नेछ' - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

‘म राष्ट्रपति बनेपछि भारत सबैभन्दा प्राथमिकतामा पर्नेछ’



एजेन्सी- अमेरिकी राष्ट्रपति पदका उम्मेदवार तथा पूर्वउपराष्ट्रपति जोए बाइडेनले यदी आफू निर्वाचित भएमा भारतसँगको रणनीतिक सम्बन्ध सुदृढ बनाउने काम उच्च प्राथमिकतामा पर्ने बताएका छन् ।

उनले भारतलाई अमेरिकाको प्राकृतिक साझेदार मुलुक भनी सम्बोधन समेत गरेका छन् । नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि सक्रिय रहेका बाइडेनले आफ्नो प्रशासनको उच्च प्राथमिकता भारतसँग सम्बन्ध सुदृढ बनाउने रहेको बताएका हुन् ।

डेमोक्रेट्स तर्फबाट राष्ट्रपति उम्मेदवार रहेका बाइडेन वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पका लागि कडा प्रतिष्पर्धीको रुपमा खडा भएको टिप्पणी हुने गरेको छ । ‘भारत हाम्रो सुरक्षा र उनीहरुका लागि अमेरिकाको साझेदार रहनु आवस्यक छ,’ बाइडेनले भर्चुअल फन्ड संकलनको क्रममा प्रश्नकर्ताहरुको जवाफ दिने क्रममा बुधबार यस्तो भनेका थिए ।

बाइडेनले भनेका छन्, ‘त्यो साझेदारी, रणनीतिक साझेदारी हाम्रो सुरक्षाको लागि आवस्यक र महत्वपूर्ण छ ।’ बाइडेन बाराक ओबामाको पालामा ८ वर्ष उपराष्ट्रपतिको रुपमा रहेका थिए । आफ्नो कार्यकालमा बाइडेनले अमेरिका-भारत आणविक सम्झौताको लागि भूमिका निर्वाह गर्न पाएकोमा गर्व महसुश हुने पनि बताएका छन् ।

अमेरिकामा कोरोनाभाइरस महामारीका कारण संकट उत्पन्न भए पनि ट्रम्प सरकारले आगामी नोभेम्बरमा राष्ट्रपति निर्वाचनको तयारी गरेको छ । अमेरिकामा हालसम्म २० लाख भन्दा धेरै संक्रमित हुनुका साथै १ लाख २८ हजारको मृत्यु भइसकेको छ ।

७७ वर्षीय बाइडेनले भने महामारीका बीच चुनावी र्याली नगर्ने प्रतिवद्धता जनाएका छन् । नोभेम्बर चुनावलाई लक्षित गर्दै हालसम्म भएका अधिकांश मतदानमा ट्रम्पलाई बाइडेनले नै जितेका छन् ।