म मरे के होला ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

म मरे के होला ?



कृष्ण खनाल 

अधिकांश नेपाली युवाहरू विभिन्न वाहनामा रोजगारको सिलसिलामा विदेशी भूमिमा आफ्नो श्रम र पसिनाले सिंचित गरेको राशि नेपालमा रेमिट्यान्सको माध्यमबाट पठाइरहेका छन्,कारण राज्यसंचालनमा बसेकाहरुले व्यक्ति,परिवार,नाता हुँदै पार्टी कार्यकर्ताको नाममा लुट गरिरहेको नै मुख्य कारण हो।

अदालतमा न्यायाधीश,प्रशासनका कर्मचारि मात्रै होइन सामान्य कार्यलयको पियन राजनीतिक नियुक्ति,सरुवा,बढुवा राजनीतिक नियुक्तिका आधारमा हुने भएकोले अब तेरो पेसा केभनेर कसैलाई सोधे उत्तर सजिलै आउँछ राजनीति। राजनीति भित्र पनि विभिन्न दलका नाममा देश भित्र मात्रै होइन देश बाहिर खोलिएका सङ्घ,सङ्गठन र त्यसमा अावद्भ सदस्य ,विदेशमा पनि दलका अाप्रवासी गोठाला छ्यापछ्याप्तै छन्।देशमा भइरहेको अस्थिरताले आफू कहाँ छु भन्ने सामान्य हेक्का नराख्ने त्यस्तो जमात आफू रहेको देशमा बदलिरहने सरकार र कानुनले आफू अर्काको देशमा बस्ने निश्चित नहुनु र भोलि स्वदेश फर्किसकेपछि राजनीतिक पावर र पहुँचमा निहित स्वार्थ लिने यिनीहरूको मुख्य ध्येय रहेको सजिलोसँग बुझ्न सकिन्छ।

अब त दलको लगौंटि नछोपि बसेका सामान्य नागरिक र आम स्वतन्त्र धारणा बनाइ विचार संप्रेषण गर्ने जो सुकै नेपाली चाँडै मरे हुने भयो।यस्ता नागरिकले क्षमता हुँदाहुदै बाँचुञ्जेल त राजनीतिक साहरा विना न कुनै पदिय जिम्मेवारीमा पुग्न सक्छन् न त मरिसकेपछि श्रद्धा।सामाजिक सञ्जालमा यी र यस्ता थुप्रै उदाहरणहरू प्रशस्तै देख्न पाइन्छ,हाम्रा पार्टीका क्रियाशील सदस्य,हाम्रा पार्टीका नेता,नेताका श्रद्धेय माता,पिता जो चौरासी पार गरिसके ,कालगतिले मरे यिनका नाममा थुप्रै श्रद्धाका शब्द बज्छन ,छिमेकको फरक दलको होस वा स्वतन्त्र अधबैंसे ठिटो अकस्मात आकाशमा हराउँछ त्यहाँ कसैका श्रद्धाका शब्द गुञ्जिदैनन।जुनसुकै मरणलाई मानवीय दृष्टिले स्वीकार हुँदैन तर मरणका प्रकृति भने अवश्यम्भावी छन्।

यतिमात्र कहाँ हो र ! जनमतसंग्रह विना घोषणा गरिएको सङ्घीय प्रदेश संरचनाको पछिल्लो मानवीय असंवेदनहिन पक्ष दुर्घटना,मानवीय विपत्ति,प्राकृतिक प्रकोप लाई पनि राजनीतिक आवरण दिन सुरु भइसकेको छ,पछिल्लो समयमा यस्ता घटनाबाट हुन मानवीय क्षतिलाई मेरा प्रदेशको र अर्को प्रदेशको भनेर छुट्याएर हेर्न थालिसकेको छ,एउटा सवारीसाधन दुर्घटनामा हुन्छ सवारीसाधन भित्र बसेका हाम्रो प्रदेशका,हाम्रा पार्टीका त बाँचेछन दलका नेताहरू र तिनका कार्यकर्ताहरूले यी र यस्ता कुरा पनि सामाजिक सञ्जालमा भ्याई नभ्याई लेख्न छुटाउँदैनन यसको अर्थ अन्य प्रदेश,क्षेत्र र फरक पार्टीका मान्छे दुर्घटनामा परि मर्दा खुसीयाली मनाउने देश हुँदैछ।

कालोलाई सेतो र सेतोलाई कालो बनाउन कलर लगाउनु पर्छ अर्थात् मनगणन्ते आरोप र आरोपका पछाडि एथलेटिक्स दौड,यो दौडको लाम लाग्न छाडि कालोलाई कालो र सेतोलाई सेतो भनौं म मरे पछि के होला,श्रद्धाका शब्द प्रकट होलान् वा नहोलान त्यता नसोचिं आफ्नो अँध्यारो युगको मरण भावी सन्ततिकालागि उज्यालोमा रूपान्तरण गरी लगौंटिलाई विश्रामस्थलमा थन्क्याउने हिम्मतका साथ सत्यको खोजी गरौँ।