गायक योगेश भट्टको 'म माया गर्छु' ले चर्चा बटुल्दै (भिडियो सहित) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

गायक योगेश भट्टको ‘म माया गर्छु’ ले चर्चा बटुल्दै (भिडियो सहित)



सुखड, कैलाली । गायक योगेश भट्टको स्वरमा रहेको ‘म माया गर्छु’ बोलको म्युजिक भिडियोले चर्चा बटुलीरहेको छ । गायक तथा मोडल चक्र बमको यूट्युव च्यानल मार्फत केहिदिन अघि सार्वजनिक गरिएको ‘म माया गर्छु’ बोलको म्युजिक भिडियोलाई दर्शक श्रोताहरुले निकै रुचाएर हेरिरहेका छन् ।

गायक भट्ट २०६४ सालमा आयोजना गरिएको सुदुरपश्चिम आईडलका थर्ड रनर अप र २०६५ सालमा आयोजना गरिएको टीकापुर आईडलका फष्ट रनर अप हुन् । ज्ञानेन्द्र खड्काको शब्द रहेको उक्त गितमा स्वयं गायक भट्टको संगित रहेको छ भने सुमन केसिले एरेन्ज भरेका हुन् ।

पछिल्लो समय निकै ब्यस्त रहने नृत्य निर्देशक रमेश बिजुली वि.सीको निर्देशन रहेको उक्त गितमा चर्चित मोडल जोडी चक्र बम र करिश्मा ढकालको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन पदम सुवेदीले गरेका हुन् ।

बिभिन्न समस्याका बिच पर्दा पछाडीबाटै संघर्ष गरिरहेका गायक भट्टले यो गितबाट भने निकै आश गरेका छन् ।
जुनसुकै गितहरु गाउन पोख्त गायक भट्टले बलियो बनेर सांगितिक क्षेत्रमा होमिएको बताए । यो संगै अन्य थुपै गितहरु बजारमा आउने तयारीमा रहेको उनले जानकारी दिए ।

भिडियो हेर्नुहोस :