म सङ्गीत बिक्री गर्ने व्यापारी हुँ:सुवास रेग्मी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

म सङ्गीत बिक्री गर्ने व्यापारी हुँ:सुवास रेग्मी



कहिले प्रस्तोता समाजले बाँडेको रोयल्टीलाई दान पात्र भनेर, कहिले विकृत कलाकारहरुलाइ लोके भनेर त कहिले राजेश पायल राईको एउटा गीत १५ लाखमा किनेर चर्चामा आइरहने नाम हो सुवास रेग्मी ।

सङ्गीत उद्यमी,नेपाल टेलिभिजन प्लसको लोकप्रिय कार्यक्रम झंकार सङ्गीत सम्वादका प्रस्तोता, बिन्धवासिनी म्युजिकका सञ्चालक, निकै हंसिला, भेट्दा अत्यन्तै मिजास तर, सञ्जालमा निकै खरो लाग्ने रेग्मी गीत सङ्गीतको, संस्कृतिको र सर्जकको उत्थान र संरक्षणको लागि मरिमेट्ने गर्छन्।

हामीले सुन्दै आएको “जय गीत जय सङ्गीत” भन्ने स्लोगनका रचइता पनि हुन रेग्मी । प्रस्तुत छ स्याङजामा जन्मिएर हाल काठमाडौँ बस्दै आएका उन‌ै रेग्मी सँग समीर प्रकाश पाण्डेले गरेको कुराकानी :

– नमस्कार सुवास जी

नमस्कार सर

– कसरी चल्दै छ जिन्दगी ?
सामान्य

-सामाजिक सञ्जालमा बढी सक्रिय देखिनु हुन्छ, अरुको निकै विरोध  पनि गर्नुहुन्छ हो   ?
सक्रिय छु तर म कसैको विरोध गर्दिन । त्यो विरोध पनि होइन । त्यो त मेरो बिचार हो ।

-कतिपय अवस्थामा सुवास रेग्मीलाई पहिचान गर्न गारो हुन्छ रे ? उ संगितकर्मी हो वा राजनीतिज्ञ भनेर ?
म सङ्गीत बिक्री गर्ने व्यापारी हुँ र राजनीतिक चेतना भएको नागरिक ।

-सुवास रेग्मी चर्चाको लागी राजनीतिक टिप्पणी गर्छ वा  वास्तवमै स्थितिको चिन्ताले ?
स्थितिको चिन्ताले । चर्चाको लागि टिप्पणी गर्ने मैरो काम होइन । त्यो त राजनीतिकर्मीले गर्ने कुरा हो  ।

-तपाई बोल्नु हुन्छा रे तर  बोलीमा अडान छैन भन्ने आरोप छ नि ?
त्यो बुज्ने र आरोप लगाउने मूर्ख हो । तर म मानवीय सद्भभाब र सम्बन्धमा धेरै नरम छु त्यो मेरो सस्कार हो ।

– कतिपय अवस्थामा सुवास रेग्मी नेपाली गीत सङ्गीतको प्रवर्धक संरक्षक हो वा  विरोधी छुट्याउन सकिन्न भन्छन्  नि कलाकारहरू ?
म मुलत व्यवसायी हो अनि सङ्गीत मेरो धर्म हो ।  गीतको प्रवर्धन मेरो कर्म हो । बुज्न नसक्नेहरु अबुज हुन ,त्यो उनीहरूको समस्या हो ।

-सबैले आफूलाई दर्शकको चाहानाले यसो गरेको भन्दै गर्दा तपाईँ बुंगा, नांगा ,लोके जस्ता शब्द प्रयोग गर्नुहुन्छ ,आखिर यस क्षेत्रको विकृति के हो र यसको मापक को ?
मापक मान्छेको बिचार हो । नियम र अनुशासन बिनाको पद्धति यो क्षेत्रको विकृति हो ।

संस्कृतका स्लोकहरू एकातिर कर्मकाण्ड अर्कैतिर त हैन नि?
त्यो आफ्नो आफ्नो बुझाई र भोगाइमा व्यक्त हुने बिचार हुन । जसले जसरी बुझ्छ र भोग्छ मलाई त्यसरी नै लिए  हुन्छ ।

-टेलिभिजनमा सुवास रेग्मीको बोलवाला “पहुच”ले हो वा  “क्षमताले” नै हो ?
मेरो बोलबाला टिभीमा छैन बर्सेनि हुने बोल बढाबडले त्यहाँ टिक्ने हो । मेरो पहुच मेरो लगानी हो अनि मेरो क्षमता त्यही मात्र हो जो तपाईँले देखिरहनु भएको छ ।

– नसक्ने जान्दा जान्दै पनि प्रयास गरेको कुनै काम ?
सङ्गीतको अनुशासित व्यवसाय

-जुन बेला प्रेमको कुरा बुज्ने हुनु भयो तपाईँलाई सांच्चिकै जिन्दगी जिउने कल्पना थियो या कामवासनाको ?
अहिले सम्म प्रेमको कुरा बुझेकै छैन । कामवासना  र जिन्दगी नबुज्दै जीवन सकिन्छ होला ।

-आफूलाई एक शब्दमा बताउनु पर्दा ?
मूर्ख व्यक्ति

-पत्रकार शब्द सुन्दा दिमागमा पहिला के आउँछ ?
समाचार

– एउटा त्यस्तो  प्रश्न जुन तपाईँ आफैलाई सोध्नोस र आफै उत्तर दिनुहोस् ?
मैले सङ्गीतको क्षेत्रमा किन आए र के पाए ?
उत्तर:-रहरले आए र कहर पाये ।

र अत्यमा सबैको जय होस मेरो भए होस नभए  नहोस । जय गीत जय सङ्गीत ।