व्यक्तिगत स्वार्थले राजनीतिमा आएको हैन: मदन अमात्य - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

व्यक्तिगत स्वार्थले राजनीतिमा आएको हैन: मदन अमात्य



ललितपुर।

ललितपुरमा चुनावको रौनक फरक छ । कतै प्रहरीबाट बाहिरीएर उम्मेदवार भनेका छन् त कतै मोहन बैद्य माओवादी बाट केन्द्रमा फर्केका उम्मेदवार छन् । यसै बिचमा ललितपुरकै रैथाने, लामो समय देखि ललितपुरवासीको सेवा गरिरहेका मदन बहादुर अमात्य पनि उम्मेदवार छन् ।

नेपाली कांग्रेस ललितपुर क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार मदनबहादुर अमात्यले आफु सामाजिक काम गर्नका लागि राजनीतिमा आएको वताएका छन् । विगतमा यस क्षेत्रबाट जितेका माओवादी र एमालेका उम्मेदवारहरुले जनअपेक्षा अनुकुल काम नगरेको भन्दै अमात्यले यस्तो वताएका हुन् ।

नेपाली कांग्रेस ललितपुरका सभापति समेत रहेका अमात्यले भने,‘ म व्यक्तिगत स्वार्थ लुटनका लागि राजनीतिमा आएको हैन । राजनीति भनेका जनताको हीतका लागि गरिने हो । म यसमा विश्वस्त छु ।’

खरो स्वभावका अमात्य वोलेको कुरा पूरा गर्ने व्यक्तित्व हुन् । २०७० सालको संविधानसभा निर्वाचनमा विजयी भएका अमात्य लोभ र मोहमा नफस्ने खालका व्यत्तित्व हुन् । २०६४ सालमा यस क्षेत्रबाट जितेर गएकी पम्फा भुसाल पैसाको मोहमा लागेर यस क्षेत्रको विकास नगरेको स्थानीयहरुले आरोप लगाएका छन् । २०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचन वहिस्कारमा लागेकी पम्फा भुसाल यस पटक फेरी ललितपुर क्षेत्र नं. ३ बाटै उम्मेदवार बनेकी छन् ।

कृष्णप्रसाद भट्टराई राजनीतिक क्षमताबाट प्रभावित भएका अमात्यको नेतृत्वमा २०७० सालमा नेपाली कांग्रसले ललितपुरका तीन ओटै स्थानहरुमा जीत हासिल गरेको थियो । यस पटक पनि उक्त इतिहासलाइ कायम राख्न अमात्य कम्मर कसेर लागेका छन् ।

अमात्य भन्छन्, ‘मैले मेरो स्वार्थ लुटनका लागि जनतालाई दुःख दिएको छैन, जनताको सुखदुःखमा साथ दिएको छु । ललितपुरवासीको सुख नै मेरो लागि खुसीको कुरा हो । ’ ललितपुरको नगर क्षेत्रमा अहिले खानेपानीको समस्या नै प्रमुख समस्या रहेको वताउँदै अमात्यले भने, ‘ललितपुरवासीका लागि आवश्यकता अनुसार खानेपानीको व्यवस्था यथाशीघ्र गराउने छु । यहाँको ढल निकासको समस्यालाई समाधान गर्नेछु । ललितपुरलाई कायापलट गरेर देखाउने छु ।’ आफुले जीवन भर भ्रष्टाचार नगरेको उल्लेख गर्दै अमात्यले भने, ‘मैले जीवनमा एक पैसा पनि घुस खाएको छैन । जीवन भर घुस पनि खाँदिन, भ्रष्टाचार गर्दिन ।’