तेस्राे मदन भण्डारी गाेल्डकपकाे उपाधि थ्रिस्टारलाई - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

तेस्राे मदन भण्डारी गाेल्डकपकाे उपाधि थ्रिस्टारलाई



बुटवल । बुटवलमा भएकाे तेस्राे मदन भण्डारी गाेल्डकपकाे उपाधि थ्रिस्टारले जितेकाे छ ।

साेमबार भएकाे फाईनलमा २-१ ले  मनाङ मर्स्याङ्दीलाई  पराजित गर्दै थ्रिस्टारले उपाधि रक्षा गरेकाे हाे ।

उपाधिसंगै थ्रिस्टारले नगद १५ लाख  सहिद कप र मेडल पाएकाे छ । भने उपबिजेतामा चित्त बुझाएकाे मनाङ मर्स्याङ्दीले ७ लाख ५०  हजार पाएकाे छ ।

१० करोडको लागत अनुमान गरिएको प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस, सुदुरपश्चिम कैलाली, नेपाल आर्मी, थ्रिस्टार क्लव, हिमालय एफसी मलेसिया, नेपाल पुलिस क्लव, मनाङ मस्याङदी, सुनौलो संगम, एपिएफ क्वल र झापा ११ को सहभागिता रहेको थियाे ।