तीन मन्त्री र एक मुख्यमन्त्री नपाए नेकपा एस सरकारमा नजाने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

तीन मन्त्री र एक मुख्यमन्त्री नपाए नेकपा एस सरकारमा नजाने



पाँचथर । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संघीय सरकारमा तीन मन्त्रालय र प्रदेशमा एक मुख्यमन्त्री पाएमात्रै आफ्नो पार्टी सरकारमा जाने बताएका छन् ।

शुक्रबार पाँचथरमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले बारा २, चितवन २ र तनहुँ १ मा वैशाख १० मा हुने उपनिर्वाचनमा एक सीट आफ्नो पार्टीले पाउनुपर्नेसमेत बताए ।

गठबन्धनबाट सम्मानजनकरुपमा ती कुरामा सहमति नभए सरकारमा सहभागी नहुने उनको भनाइ छ । नेता खनालले उपनिर्वाचनमा एक सीट नपाए गठबन्धन टिकाइराख्न आफूहरु बाध्य नहुनेसमेत बताए ।

नेता खनालले गठबन्धन सत्ताका लागिमात्र बनेको भन्दै वामपन्थीहरु मिल्नुपर्ने आफ्नो अडान कायमै रहेको पनि नेता खनालले बताए ।