माधवका 'दुई' र बादलका एकसहित चुनिए एमालेका ५८ जिल्ला अध्यक्ष, कहाँ को ? [सूचीसहित] - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

माधवका ‘दुई’ र बादलका एकसहित चुनिए एमालेका ५८ जिल्ला अध्यक्ष, कहाँ को ? [सूचीसहित]



गत शुक्रवारदेखि जारी नेकपा एमालेको जिल्ला अधिवेशनमा चयन भएको नेतृत्व मध्ये दशबुँदे पक्षधरले दुईवटा जिल्ला पाएका छन् भने पूर्व माओवादी तर्फबाट एकजना जिल्ला अध्यक्ष भएका छन् ।

एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट भोजपुर शरणकुमार राई सर्वसम्मत भए भने बागलुङमा हिराबहादुर केसीले चुनाव जितेर अध्यक्ष भएका छन् ।

दुवै जिल्ला दश बुँदे पक्षधरको बाहुल्य रहेका जिल्लाहरू हुन् ।

स्याङ्जामा भने पूर्व माओवादी समूहका सूर्य गैरे पारसले चुनाव लडेर नै अध्यक्ष जितेका छन् । यसअघि नेकपामा पनि बादल समूहबाट गैरे अध्यक्ष बनेका थिए ।

अन्य जिल्लाहरूमा अधिवेशनको नतिजा आउने क्रम जारी रहेको छ । पुस २३ गते उद्घाटन भएको जिल्ला अधिवेशन अन्तर्गत विभिन्न जिल्लामा नेतृत्व चयन भइरहेको छ । जम्मा ६३ जिल्लामा अधिवेशन उद्घाटन गरिएको थियो ।  

अधिकांश स्थानमा अहिलेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ भने कतिपय स्थानमा प्रतिस्पर्धाका माध्यमबाट नेतृत्व चयन भएको छ। मंगलबार पनि कतिपय जिल्लाहरुमा नेतृत्व चयनका लागि चुनावी प्रतिस्पर्धा भइरहेको छ । 

देशका ६३ जिल्लामा शुक्रबारबाट सुरु भएको अधिवेशनमध्ये अहिलेसम्म परिणाम आएका अधिकांश जिल्लामा सहमतिमा नै नेतृत्व चयन भएको छ । बुधबार बिहानसम्म ५६ जिल्ला र दुई गैरभौगोलिक तर्फको नेतृत्व टुंगिएको हो।

पछिल्लो पटक कास्की र सुर्खेतले अध्यक्ष पाएको छ। पछिल्लो परिणाम अनुसार एमाले कास्की अध्यक्षमा मनबहादुर गुरुङ तथा सुर्खेत अध्यक्षमा  अमृत बिसी विजयी भएका छन् । त्यसैगरी, कञ्चनपुरमा भर्खरै मतदान सकिएको छ। 

नेकपा एमालेका अनुसार अध्यक्ष चयनका भएका कतिपय जिल्लामा अन्य पदमा चुनावी प्रतिस्पर्धासमेत भइरहेको छ। स्वस्थ्य प्रतिस्पर्धाका माध्यमबाट नेतृत्व चयन गर्न भनेपनि कतिपय ठाउँमा प्यानल नै बनाएर निर्वाचन भइरहेको छ। सिन्धुपाल्चोक र चितवन जिल्लाको अधिवेशन उद्घाटन भएर पनि बन्दसत्र सुरू भएको छैन ।


यी हुन अहिलेसम्म निर्वाचित अध्यक्षहरुः

प्रदेश १
१. झापा – दीपक कार्की
२. मोरङ – ऋषिकेश पोखरेल
३. खोटाङ – रामप्रसाद दंगाल
४. धनकुटा – इन्द्रमणि पराजुली
५. तेह्रथुम – तेजमान कन्दङवा
६. पाँचथर – राजकुमार भण्डारी
७. भोजपुर –शरण राई
८. इलाम– महेश बस्नेत
९. सोलुखुम्बु– डुफकुमार बास्तोला
१०. उदयपुर– प्रमेश्वर घिमिरे
११. ओखलढुंगा–शंकर कटुवाल
१२.‍ ताप्लेजुङ– भुपेन्द्र थेबे 

प्रदेश २
१. सप्तरी – ताराकान्त चौधरी
२. सिरहा- बिन्देश्वर मण्डल

बागमती
१. धादिङ – भूमि त्रिपाठी
२. काभ्रेपलाञ्चोक – अशोक ब्यान्जू
३. भक्तपुर – बचन देउजा
४. रसुवा – कर्णेल तामाङ
५. रामेछाप – आनन्दकुमार श्रेष्ठ
६. नुवाकोट – बद्री मैनाली
७. मकवानपुर – एकलाल श्रेष्ठ
८. काठमाडौं – दीपक निरौला
९. ललितपुर – पुरुषोतम आचार्य
१०. सिन्धुली– कुमारबहादुर कार्की
११. दोलखाः नरबहादुर श्रेष्ठ

गण्डकी
१. गोरखा – प्रेम गुरुङ
२. तनहुँ – श्रीप्रसाद श्रेष्ठ
३. म्याग्दी – देवेन्द्र केसी
४. लमजुङ – कृष्णप्रसाद अधिकारी
५. बागलुङ– हिराबहादुर केसी
६. पर्वत–राजु पौडेल
७. नवलपुर–मुक्ती पाण्डे
८. स्याङ्जा – सूर्य प्रसाद गैरे
९. कास्की- मनबहादुर गुरुङ

लुम्बिनी
१. पाल्पा – धनेन्द्रराज घिमिरे
२. गुल्मी – बालकृष्ण काउछा मगर
३. अर्घाखाँची – पिताम्बर भुसाल
४. बाँके – किस्मत कुमार कक्षपती
५. बर्दिया – लालबहादुर श्रेष्ठ
६. दाङ – हुकुमबहादुर बस्नेत
७. रुपन्देही – तेजेन्द्र केसी
८. कपिलवस्तु – डम्मर शर्मा 
९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी 
१०. प्युठान–बिजयविराज विष्ट

कर्णाली
१. डोल्पा – शेरबहादुर बुढा
२. सल्यान – गोविन्द पुन मगर
३. जुम्ला – शान्तिलाल महत
४. रुकुम– नन्दराम देवकोटा
५ जाजरकोट – खिमबहादुर शाही
६. सुर्खेत- अमृत बिसी

सुदूरपश्चिम
१. डडेल्धुरा – प्रकाश साउद
२. बैतडी– सुरेन्द्र पाल
३. डोटी–चक्र मल्ल
४. कैलाली– रतन थापा
५. दार्चुला- प्रेमसिंह धामी
६. बाजुरा-  कालीबहादुर शाही

गैरभौगोलिक
१. मजदूर विशेष – जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष – उमेश ढकाल