अहिले कसैसँग पार्टी एकता गर्दैनौँ : माधव नेपाल - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अहिले कसैसँग पार्टी एकता गर्दैनौँ : माधव नेपाल



काठमाडौं- नेकपा (एकीकृत समाजवाद)का अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पनि दलहरूसँग पार्टी एकता नगर्ने बताएका छन्। पार्टी कार्यादलय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्काल पार्टी एकता नगर्ने बताएका हुन्।

माओवादी केन्द्र, नेकपा (एस)सहित कम्युनिस्ट पार्टीबीच एकता हुन गर्ने भनिएका बेला उनको सो अभिव्यक्ति सार्वजनिक भएको हो।

तर, अध्यक्ष नेपालले आगामी निर्वाचनमा दलहरूबीच चुनावी तालमेल हुने बताए। आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूबीच चुनावी तालमेल हुने अध्यक्ष नेपालको भनाइ छ।

नेकपा( एकीकृत समाजवादी)ले पार्टीको केन्द्रीय कार्यालय खोलेको छ। बानेश्वर आलोकनगरस्थित पूजा थापाको घरमा उसले केन्द्रीय कार्यालय बनाएको हो।

कार्यालयको उद्घाटन आज पार्टीका अध्यक्ष माधवकुमार नेपालले गरेका छन्। उद्घाटन कार्यक्रमका लागि उनी बिहानै कार्यालय पुगेका थिए।