राष्ट्रकवि माधव घिमिरेको निधन - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

राष्ट्रकवि माधव घिमिरेको निधन



काठमाडौं- राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा उनको निधन भएको बताइएको छ ।

पारिवारिक स्रोतका अनुसार उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेट उनकै लैनचौरस्थित निवासमा निधन भएको हो। उनी गत असोजमा ९९ वर्ष पूरा भएर १०० वर्ष लागेका थिए।

माधवप्रसाद घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गते भएको थियो । उनी स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन्।

उनी बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका थिए।

उनका नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०), नयाँ नेपाल (वि.सं. २०१३), किन्नर-किन्नरी (वि.सं. २०३३) जस्ता कवितासङ्ग्रह सङ्कलित छन्। उनलाई ‘राष्टकवि’ को उपाधिले सम्मान गरिएको थियो।