कांग्रेसले ८४ सिट लिने सहमतिपछि माधव नेपालले छोडे बैठक - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कांग्रेसले ८४ सिट लिने सहमतिपछि माधव नेपालले छोडे बैठक



सत्तारुढ पाँचदलीय गठबन्धनमा नेकपा माओवादी केन्द्रले ४४ सिट पाउने भएको छ ।

सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादीलाई ४४ सिट दिने मोटामोटी सहमति भएको एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार कांग्रेसले ८४ सिट लिने सहमति भएको छ । नेकपा एकीकृत समाजवादीलाई १६ सिट दिने सहमति भएको छ ।

१६ सिटमा खुम्चाइएपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बैठकको बीचमै उठेर हिँडेका थिए ।

‘सिटमा चित्त नबुझेर हुन सक्छ । माधव नेपालमा बीचमै उठेर जानुभयो । अब बिहान सबै टुंगो लगाउने भनिएको छ’, ती नेताले भने ।

उनका अनुसार सप्तरी, पर्सा र कास्कीमा भागवण्डा मिलाउन बाँकी छ । आज समानुपातिक उम्मेदवारकाे सूची सच्चाउने अन्तिम दिन हाे ।