माधव नेपाल र मातृका यादवलाई कारबाही सिफारिस - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

माधव नेपाल र मातृका यादवलाई कारबाही सिफारिस



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अहिले चरम बिबाद देखिएको छ । प्रदेश २ नेकपामा भएको पछिल्लो घटनाले चरम रुप लिने निश्चित भएको छ ।

प्रदेश २ को कमिटीले बर्दिबास घटनामा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र स्थायी कमिटी सदस्य मातृका यादवको संलग्नता रहेको ठहर गरेको छ । साथै दुबै नेतामाथि थप छानविन गरेर कारबाही गर्न सिफारिस गर्दै पार्टी केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाएको छ ।

उनीहरुकै निर्देशनमा भएको कुटपिट , कुर्सी तोडफोड उहिहरूकै निर्देशनमा भएको प्रदेश २ कमिटिको आरोप छ ।

सहसंयोजकद्वय नागेन्द्र चौधरी र महेन्द्र पासवानलाई जिम्मेवारी मुक्त गर्न र केन्द्रीय सदस्यहरु गोपाल ठाकुर, जगत यादवमाथि कारबाही गर्न माग गरिएको छ । रामचन्द्र झा, श्रीप्रसाद साह, शत्रुघन महतोहरुलाई नसियत दिन सिफारिस गरिएको छ ।

प्रदेश २ कमिटीले प्रदेशमा देखिएको विवाद बर्दिबास घटनासम्म आइपुग्नुमा पार्टीका वरिष्ठ नेता नेपाल र मन्त्री समेत रहेका नेता यादवलाई समेत दोषी ठहर्‍याएको छ ।

प्रतिवेदनमा माधव नेपालमाथि प्रदेश २ को लेखा समितिको सभापतिमा बागी उम्मेदवार उठाएको, रौतहटको आमसभामा सहभागी नभएको विषयमा समेत प्रश्न उठाइएको छ । लेखा समितिमा नेकपाको आधिकारिक उम्मेदवार संसदीय दलका नेता स्त्य नारायण मण्डलविरुद्ध शत्रुघन महतोले उम्मेदवारी दिएका थिए ।

रौतहटमा जन्मिएका नेता नेपालको तत्कालीन एमालेको प्रदेश २ कमिटीमा बलियो पकड छ ।