माधव नेपाल र मात्रिका यादवलाई कारवाही गर्ने तयारी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

माधव नेपाल र मात्रिका यादवलाई कारवाही गर्ने तयारी



काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र स्थायी समिति सदस्य मात्रिका यादवलाई कारवाही गर्न पार्टी भित्रैबाट माग भएको छ। प्रदेश २ कमिटीको कार्यालय बैठकले उनीहरूलाई कारवाही गर्न माग गरेको हो ।

बर्दिबासमा आयोजित सपथ ग्रहण कार्यक्रममा हुलदंगा र कुटाकुट भएको घटनामा माधव नेपाल र मात्रिका यादवले उक्साएको भन्दै ‘हेडक्वार्टर’सँग कारबाही माग गरिएको हो।

भदौ २४ गते बर्दिबासमा प्रदेश २ का केही जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा तोडफोड र कुटाकुट भएको थियो । बर्दिबास सेवा समितिको हलमा हुन लागेको कार्यक्रममा तोडफोड तथा प्रदेश अध्यक्ष प्रभु साह एवं सचिव सुमन प्याकुरेलमाथि हातपातको प्रयास भएको थियो ।

त्यसको भोलिपल्ट बसेको प्रदेश कार्यालयको बैठकले घटना वरिष्ठ नेता नेपाल तथा स्थायी कमिटी सदस्य यादवको निर्देशनमा भएको निचोड निकाल्दै नेताद्वयमाथि छानबिन गरी आवश्यक कारबाहीको माग गरेको हो ।