ओली पुगेको अर्कोदिन माधव नेपाल पनि देउवा निवासमा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

ओली पुगेको अर्कोदिन माधव नेपाल पनि देउवा निवासमा



काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेका छन् । नेपाल बेलुकी पौने ६ बजे बूढानीलकण्ठ पुगेका हुन्।

स्रोतका अनुसार अहिले नेताहरूबीच देउवा निवासमा भेटवार्ता चलिरहेकोरी छ । नेपालसँगै एमाले नेता भीम रावल पनि छदफलमा सहभागी भएको बताइएको छ । प्रधानमन्त्री केपी ओलीले एमालेका शीर्ष नेतासहित सभापति देउवा निवास वुढानिलकन्ठमा पुगेर विश्वासको मत मागेको भोलिपल्टै वरिष्ठ नेता माधव नेपाल पनि छुटटै देउवा निवास पुगेका छन् ।

ओलीले बुधबार संसदीय दलका उनपेता सुवास नेम्वाङ, उपप्रधनमन्त्री तथा महासचिव इश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल लगायतका नेता साथ लिएर देउवाकाहाँ पुगेर २७ वैशाखमा आफुले सदनमा लिन लागेको विश्वासको मतलाई साथ दिन आग्रह गरेका थिए ।

बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच यादवनिवास हात्तीवनमा छलफल भएको थियो।

उनीहरूले नयाँ सरकार बनाउन सकिने निष्कर्ष निकालेका थिए। यादवले आफ्ना तर्फबाट २५ जना सांसद प्रधानमन्त्री ओलीको विपक्षमा रहेका बताएका थिए।