एक साताभित्र सरकारले पूर्णता पाउँछ : माधव नेपाल - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

एक साताभित्र सरकारले पूर्णता पाउँछ : माधव नेपाल



काठमाडौं- सत्तारुढ गठबन्धन आवद्ध दल नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।

शुक्रबार नेकपा (एस)को केन्द्रीय पार्टी कार्यालय उद्घाटन गर्दै उनले एक साताभित्र मन्त्रिरिषद्लाई पूर्णता दिने गरी छलफल भइरहेको बताएका हुन् । संघदेखि सातै प्रदेशमा नेकपा (एस) सत्तारुढ दलको रूपमा रहने उनको भनाइ छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको दुई महिता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । जस कारण सत्तारुढ दलहरूको आलोचना भइरहेको छ ।

मन्त्रिपरिषद्लाई कहिले पूर्णता दिने भनेर पत्रकारहरुले सोधेको प्रश्नमा उनले भने ‘म प्रधान्मन्त्री भएको भए ठ्याक्कै भनिदिन्थें, आशा गरौं, यो हप्ताभित्र हुने छ ।’ उनले सरकारमा जान आफूहरु आज भने आजै, भोलि भने भोलि नै तयार रहेको पनि बताए ।