मध्यराति युवतीमाथि सामूहिक बलात्कार - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मध्यराति युवतीमाथि सामूहिक बलात्कार



हिमाल पोष्ट  / १० मंसिर, काठमाडौं । ललितपुर इमाडोलमा बुधबार राति २० वर्षीय युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

प्रेमीसँग हिडिरहेका बेला मोटरसाइकलमा आएका तीन जनाको समूहले युवतीलाई नियन्त्रणमा लिएर बलात्कार गरेको ललितपुर प्रहरीले जनाएको छ ।

आफूलाई सामूहिक बलात्कार गरेको उजुरी लिएर प्रहरी परिसर ललितपुर पुगेकी युवतीले दिएको हुलियाका आधारमा बलात्कारमा संलग्न तीनैजना पक्राउ परेको प्रहरीले जनाएको आजको राजधानी दैनिकमा समाचार छ ।

बलात्कृत युवती ग्वार्कोस्थित एक दोहोरी साँझमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ड्युटी सकेपछि युवती प्रेमीसँग मंगलबजार सुन्धारास्थित कोठामा जाँदै थिइन् । तर, राति घरबेटीले गेट नखोलेपछि उनीहरु हिँडेर इमाडोलस्थित प्रेमीको कोठामा जाँदै थिए ।

इमाडोल कृष्ठमन्दिरनजिक पुगेपछि एउटै मोटरसाइकलमा आएका तीन युवाले प्रेमीलाइृ कुटपिट गरी घाइते बनाइ युवतीलाई मोटरसाइकलमै हालेर लगेका थिए । प्रेमीले मध्यरात नै प्रहरी कार्यालय गए र घटनाको विस्तृत जानकारी गराए ।