त्रिपक्षीय चेपुवामा मधेसी दलका नेता - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

त्रिपक्षीय चेपुवामा मधेसी दलका नेता



काठमाडौं-

मुलुकको राजनीतिमा मधेसलाई चासोपुर्वक हेरिँदैछ ।

यसका विभिन्न कारणमध्ये एउटा हो, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा मधेस गठबन्धन संघीय समाजवादी फोरम तथा राष्ट्रिय जनता पार्टी ले साझा उम्मेदवार उतारेको छ ।

यी उम्मेदवारलाई कसले चेक दिँदैछन् ?

मधेस गठबन्धनका साझा उम्मेदवारको जितहारमा कुन दल तथा गठबन्धनले कसरी भुमिका खेल्दैछन् ?

मधेसी नेताहरुको राजनीतिक भविष्यकै जोडघटाउमा प्रदेश २ को चुनावी राजीतिक तातेको छ ।

मधेस केन्द्रित दलका शीर्ष नेताहरु प्रदेश २ बाटै मैदानमा उत्रिएका छन् ।

आसन्न प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा मधेस गठबन्धनका शीर्ष नेतृत्वका लागि कुनै पनि क्षेत्र पुर्ण सुरक्षित नभएको स्थानीय बुद्धीजीवी बताउँछन् ।

गठबन्धनकै सदस्य बाधक :

स्थानीय तह निर्वाचनमा पाएको मतले फोरम र राजपाले मधेस गठबन्धन का नाममा चुनावी तालमेल गरेर साझा उम्मेदवारलाई मैदनामा उतारेका छन् ।

तर, गठबन्धनका कारण उम्मेदवार बन्न नपाएका असन्तुष्ठ आकाँक्षीहरुकै उम्मेदवारविरुद्ध मैदानमा छन् ।, यो खबर आजकोनागरिक दैनिकले लेखेको छ ।