सरकारलाई दिएको समर्थन फिर्ता लिन मधेसी मोर्चाको प्रस्ताव - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सरकारलाई दिएको समर्थन फिर्ता लिन मधेसी मोर्चाको प्रस्ताव



९ कात्तिक, काठमाडौं । नेपाल सद्भावना पार्टीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने निष्कर्ष निकाल्दै मोर्चालाई फिर्ताको निर्णय गर्न अपिल गरेको छ ।

रौतहटको गौरुमा तीन दिनदेखि जारी संघीय कार्यसमितिको विस्तारित बैठकबाट सद्भावनाले यस्तो निष्कर्षसहित फिर्ताको अपिल गरेको प्रवक्ता डिम्पलकुमारी झाले बताएको आजको राजधानी दैनिकमा समाचार छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चासहितको संघीय गठबन्धनका बीचमा भएको तीनवुँदे सहमति अनुसार संविधान संशोधनका विषयमा सरकार गमभीर नभएको आरोप लगाउँदै सद्भावना पार्टी यस्तो निष्कर्षमा पुगेको हो