मध्यरातमा सरकार र मेडिकल कलेजबीच यस्तो भयो सहमति - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मध्यरातमा सरकार र मेडिकल कलेजबीच यस्तो भयो सहमति



काठमाडौं । सरकार र निजी मेडिकल कलेजबीच मध्यरातमा सहमति भएको छ । दुई पक्षबीच दुई बुँदे सहमति भएको जनाइएको छ ।

मंगलबार राती शिक्षा मन्त्रालयमा बसेको दुई पक्षीय बैठकले उक्त सहमति गरेको हो । सहमतिअनुसार मेडिकल कजेजले बुधबारबाटै अतिरिक्त शुल्क फिर्ताको प्रक्रिया थाल्ने जनाइएको छ ।

सहमतिमा ०७२/०७३ र ०७३/०७४ को हकमा चिकित्सा शिक्षा आयोगले उपयुक्त निर्णय गर्ने भनिएको छ ।

मेडिकल कलेजले विद्यार्थीको रकम फिर्ता गर्न नसक्ने अडान दोहोर्याएपछि मंगलबार दिउँसो गृहमन्त्रालयमा बसेको बैठकले बुधबारसम्म शुल्क समायोजन वा फिर्ता नगरे मेडिकल कलेज सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको थियो ।