बर्दगोरीया धाममा माघी मेला तथा भ्रमण वर्षको तयारी पुरा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बर्दगोरीया धाममा माघी मेला तथा भ्रमण वर्षको तयारी पुरा



बौनिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका- २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा माघि मेला तथा सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ ।

“बर्दगोरीया धार्मिक पर्यटकीय परिसर घुम्न जाऔं,नेपाल भ्रमण वर्ष २०२० सफल पारौं” भन्ने नाराका साथ सुरु हुन लागेको माघि मेला पुष २७ गते देखि माघ २ गते सम्म संचालन हुने आयोजकले जानकारी दिएको छ ।

विगत २१ सय वर्ष देखि लाग्दै आएको माघी मेलामा यस पटक स्थानिय तथा राष्ट्रिय कलाकारका साथै भजन किर्तन र भारतको चर्चित नौटंकीको पनि प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

बर्दगोरिया गाउँपालिकामा हुने मेलाको माध्यमबाट बर्दगोरिया धार्मिक क्षेत्रको तिव्र विकासका निमित्त माघी मेला संचालन हुन लागेको हो । बर्दगोरिया धार्मिक क्षेत्र प्रचार प्रसार गर्ने र आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न पर्यटन महोत्सवको आयोजना गरिएको मेला मूल आयोजक समितिका संयोजक राम बहादुर साउदले जानकारी दिए । यहाँ माघीमा परापुर्ब काल देखिनै ठुलो मेला लाग्ने गरेको छ । उनले भने , ‘विशेष त थारु जातिले नया बर्षका रुपमा लिदै आएको माघ महिनामा मेला कैलालिका विभिन्न क्षेत्र र बर्दियाका साथै भारतका तिकुनिया,शिंघाई बाट भक्तजन तथा पर्यटक अवोलकनका लागी आउने गरेका छन ।’ माघ १ गते थारु समुदायले माघी लहानका रुपमा बर्दगोरीया धार्मिक क्षेत्रमा रहेको ताल,पोखरीमा नुहाउदै आएका छन । उनले थपे,
“बर्दगोरिया धार्मिक क्षेत्रकै नामबाट बर्दगोरिया गाउँपालिकाको नामाङ्कन गरिएको हो ।”

बर्दगोरिया गाउँपालिका भित्रका पर्यटकीय क्षेत्र बर्दगोरिया धाम, पुरैना ताल, पिरुवा पिकनिक स्थलको मेलाको माध्यमबाट प्रचार प्रसार गर्ने मेलाका प्रचारप्रसार संयोजक पदमराज ओझाले बताए । ओझाले परापूर्व काल देखीको पौराणीक महत्व वोकेको कन्याराजाको दरबार, साईबाबा मन्दिर, शिब मन्दिर, कुवा,तथा पिरुवा,पुरैना ताल,राम जानकी मन्दिर ,झरझरिया पिकनिक स्थल,ठाकुरद्वारा पिकनिक स्थलको पनि मेलामा प्रचारप्रसार गरिने जानकारी दिए ।

मेलामा थारु समुदायका परिकार र कला संस्कृती र मौखिकता झल्काउने भेष भुसा र ,पंचे बाजा सहितको ,झाकि हरु प्रदर्शन गरिने सास्कृतिक संयोजक तथा खडक चौधरीले बताए । उनले भने ‘यहाँको कला र संकृतिको प्रवद्र्धन गर्नु पनि हाम्रो दायित्व हो ।’

माघी मेलाको उद्घाटन समारोहमा चर्चित देउडा गायिका चाँदनी मल्ल, लोकदोहरी गायक बद्री पंगेनी,नायक पुष्प खड्का ,थारु महा लोकगायक मनिराम चौधरी,सोनु कुश्मी लगाएत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।