'बाहुबली'लाई टक्कर दिन १ हजार करोडमा 'महाभारत' बन्दै - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

‘बाहुबली’लाई टक्कर दिन १ हजार करोडमा ‘महाभारत’ बन्दै



काठमाडौं-

साउथ इन्डियन सिनेमा ‘बाहुबली’ले बलिउडमा धुम मच्चाएपछी बाहुबलीलाइ टक्कर दिने गरी नयाँ फिल्‍म ‘महाभारत’ बन्‍ने भएको छ। हजार करोडको लगानी रहने उक्त फिल्‍ममा एमटी वासुदेवनको उपन्‍यास ‘रंदमूझम’मा आधारित रहने बताइएको छ।

‘रंदमूझम’को कथा भारतीय महाकाव्य महाभारतसँग जोडिएको छ जसमा भीमको कोणबाट फिल्‍मको स्क्रिप्ट लेखिएको छ। यो फिल्‍म पनि रंदमूझमकै नामबाट बन्‍ने बताइएको छ।

फिल्‍ममा भीमलाई मुख्य पात्र बनाइएको छ भने भीमको भूमिकामा मलयालम सुपरस्टार मोहनलालको नाम टुंगो लगाइसकिएको छ। नाम टुंगो लागिसकेपछि मोहनलालको भीमको भूमिकाको तयारी समेत सुरु गरिरहेका छन्।

यस्तै फिल्‍ममा करणको भूमिकामा तेलुंगू फिल्मका चर्चित अभिनेता नागार्जुनलाई दिइने भारतीय सञ्‍चार माध्‍यमले उल्लेख गरेका छन्।उनलाई यसबारे फिल्‍म युनिटले जानकारी दिएको छ। त्‍यसैगरी कृष्णको भूमिकामा भने महेश बाबूले गर्ने बताइएको छ।

यस्तै मामुथी, पृथ्वीराज, मानु वारियर, महेश बाबू, अमिताभ बच्चनको समेत फिल्‍ममा पात्रता निभाउने छ। त्यतिमात्रै नभएर महाभातर फिल्‍ममा हलिउडको चर्चित अभिनेताले समेत भूमिका निभाउन सक्‍ने बताइएको छ।

फिल्‍मलाई श्रीकुमार मेननले निर्देशन गर्नेछन् भने यसको सुटिङ सन् २०१८देखि हुनेछ। यसको पहिलो भाग सन् २०२०मा आउने बताइएको छ भे दोस्रो भाग तीन महिनापछि आउने भारतीय सञ्‍चार माध्‍यमले उल्लेख गरिएको छ। रंदमूझमलाई पाँच भाषा (अंग्रेजी, हिन्दी, मलयालम, कन्‍नड, तमिल र तेलूगू)मा बनाएर प्रदर्शन गरिनेछ।