मजदुरका समस्या समाधान गर्न गम्भीरः प्रधानमन्त्री - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

मजदुरका समस्या समाधान गर्न गम्भीरः प्रधानमन्त्री



हिमाल पोस्ट / काठमाडौं २७ कात्तिक, । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मजदुरका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएका छन् ।

शनिबार बिहान बालुवाटारमा अखिल नेपाल ट्रेड यूनियन महासंघको कार्यालय टिमसँग प्रधानमन्त्रीले मजदुरका समस्या समाधान गर्न गम्भीर भएको बताएका हुन् ।

प्रधानमन्त्रीले आफू मजदुर किसान वर्गको मुक्तिका लागि अनवरत संघर्षमा रहेको भन्दै अहिले सरकारमा रहेर मजदुरका समस्या समाधान गर्न कुनै कसर बाँकी नराख्ने बताए । उनल गर्न सकिने जति सबै समस्या समाधान गर्न आफ्नो ध्यान रहने स्पष्ट गरे ।

भेटमा ट्रेड यूनियन महासंघका अध्यक्ष शालिकराम जमरकट्टेल केही समयअघि पारित भएको औद्योगिक व्यवसाय ऐन मजदुरको पक्षमा नभएको भन्दै यसलाई संशोधन गर्न तथा संसदमा पुगेको श्रम ऐनको संशोधन विद्येयक र सामाजिक सुरक्षा ऐनलाई मजदुरमैत्री बनाउन आग्रह गरे ।