तिन तहको निर्वाचन एकसाथ गर्न महरको प्रस्ताव - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

तिन तहको निर्वाचन एकसाथ गर्न महरको प्रस्ताव



नेपाली कांग्रेसका युवा केन्द्रीय सदस्य नैनसिंह महरले तिन तहको निर्वाचन एकसाथ गर्न प्रस्ताव गरेका छन् । नेता महरले सवै राजनीतिक दलको सहमतिमा संघ, प्रदेश र स्थानिय तहको निर्वाचन वैशाखको अन्तिम साता एक साथ सम्पन्न गर्ने निर्णय देशका लागि हितकर हुने बताएका हुन् ।

‘आवधिक निर्वाचन विना लोकतान्त्रिक पद्धति संस्थागत हुन सक्दैन । संविधान र कानुनको मर्म अनुसार सवै तहका निर्वाचन सम्पन्न गर्नु लोकतन्त्रमा विश्वास राख्ने सवै राजनीतिक दलहरुका लागि नैतिक र बाध्यकारि ब्यवस्था हो भन्ने कुरा सर्वविदित नै छ।, नेता महरले भने, तसर्थ सवै राजनीतिक दलको सहमतिमा संघ , प्रदेश र स्थानिय (तिन तहको) निर्वाचन वैशाखको अन्तिम साता एक साथ सम्पन्न गर्ने निर्णय देशका लागि हितकर हुन्छ।’

तिनै निर्वाचनसंगै गर्न सके समय र आर्थिक हिसावले देश र राजनीतिक दलहरुका लागि किफायती हुने उनको भनाई छ ।

साथै महरले तिन तहको चुनाव एकसाथ गर्न सके जनताको प्रतिनिधित्व गर्ने संसदलाई असंवैधानिक र अलोकतान्न्त्रिक तरिकाले बाम्बार विघटन गर्ने तथा संसद अवरुद्ध गरेर संसदीय व्यवस्थालाई बदनाम गर्ने नेकपा एमाले नामक पार्टीलाई जनताले दण्ड दिने अवसर पनि यही निर्वाचन हुनसक्ने नेता महरले दाबी गरे ।