१२ दिन बित्यो, महराको बयान किन लिइएन ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

१२ दिन बित्यो, महराको बयान किन लिइएन ?



काठमाडौं । निबर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेको १२ दिन वित्दा पनि वयान लिन सुरु गरिएको छैन ।

स्वास्थ्यमा समस्या देखिएपछि गत विहीबार अस्पताल भर्ना गरिएका महराको उपचारमा संलग्न डाक्टरले नै स्वास्थ्य अवस्था गम्भीर भएको बताउँदै आइरहेका छन् ।

स्वास्थ्य अवस्था ठिक नभएको र बाहिर लैजान नमिल्ने बताएपछि प्रहरीले उनीसँग घट्नाको बारेमा बयान लिन सकेको छैन् ।

उक्त रक्तचापको समस्य देखिएपछि उनलाई आठदिन अघि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

उनको स्वास्थ्य अवस्था अझै खतरामुक्त नभएको अस्पताल स्रोतको भनाइ छ ।

प्रहरीले गत मंगलबार सरकारी वकीलको कार्यालयमा उपस्थित गराई बयान लिने तयारी गरे पनि स्वास्थ्य अवस्था ठिक नभएकाले बयान टर्दै आएको हो । नागरिक दैनिकबाट