महरा यसकारण अपराधी होइनन - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

महरा यसकारण अपराधी होइनन



काठमाडौं- यौन दुर्व्यवहार काण्डमा फसेका सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् तर, उनि अपराधि भैसकेका भने छैनन्, पक्राउ परेको उनी अपराधी भएर होइन । उनीमाथि लागेको जर्बजस्तीको अभियोगको छानविन गर्नका लागि हो ।

उनकै निवासबाट प्रहरीले पक्राउ गरी लगिएका महरालाई अपराधी नै भनेर चर्चा भैरहेको छ तर उनि अपराधि बन्न अनुसन्धानका केहि पाताहरू बाँकी नै छन् ।

यौन दुर्व्यवहार जस्तो गम्भीर आरोप लागेपछि प्रहरीले अदालतको अनुमति लिएर अनुसन्धानका लागि नियन्त्रणमा लिन सक्छ । महरा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका हुन् ।

उनीमाथि अनुसन्धानपछि प्रहरीले निष्कर्ष निकाली अदालतमा मुद्दा दायर गर्ने नगर्ने निक्र्यौल गर्छ । अदालतमा मुद्दा दायर भएपछि त्यसबारे बहस भई अदालतले फैसला गरेर उनी अपराधी हुन् या होइनन् ठहर्याउँछ ।

कुनैपनि व्यक्ति पक्राउ पर्दैमा अपराधी नै देख्ने मानसिकता नभएको होइन । नेपालमा त्यो अवस्था अझै छ । यदि महरा निर्दोष ठहरिएमा उनको प्रतिष्ठामा आँच पुर्याउने कार्य गरेको ठहर्छ । त्यतिबेला अर्को कानुनी उपचार हुनसक्छ ।