महराको बयान सकियो: आफ्नै बयानले झन् फस्ने खतरा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

महराको बयान सकियो: आफ्नै बयानले झन् फस्ने खतरा



काठमाडौं- रोशनी शाहीलाई बलात्कारको प्रयासको आरोप लागेर पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादु महराले असोज १२ गते शाहीको घरमै नगएको बताएका छन्। प्रहरीलाई दिएको बयानमा महराले आफू रोशनीको घर नजिकसम्म मात्र पुगेको तर घरभित्र भने नगएको जिकिर गरेका छन्।

महराले रोशनीसँग दिउसो देखि नै झगडा भैरहेकोले उनको घर जान नजिकै पुगेको तर उनले फोन नउठाएपछि घरभित्र नगएको बताएका छन्। झगडा भैरहेकोले उनिसंग भेट्न घरनजिकै पुगेको तर उनलाई नभेटेको उनको कथन छ । प्रहरी स्रोतले भन्यो ।

घटना भएको अर्को दिन नेकपा अध्यक्षद्वयले उनि रोशनीको घरमा गएको नगएको सिसिटिभी फुटेज मगाएर हेरेका थिए । फुटेजमा महरा गएको प्रमाण भेटिएपछी महराको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सोधेका थिए । शुरक्षाकर्मीले पनि महरालाई लिएर पुगेको जवाफ दिएपछि । ओली र प्रचण्डले राजिनामा गर्न महरालाई दवाव दिएका थिए ।

रोशनीको घरबाट प्रहरीले असोज १४ गते रक्सीको बोतल, शाहीसँगको घम्साघम्सीमा महराको भाँचिएको चस्माको खुट्टा, उनको जुत्ताको तलुवा लगायतका प्रमाण संकलन गरेर लगेको थियो।
असोज १२ गते साँझ संसद सचिवालयकी कर्मचारी शाहीले तीनकुनेस्थित आफ्नो डेरामा आएर महराले आफूलाई बलात्कार गर्ने कोशिस गरेको र नमान्दा कुटपिट गरेको भन्दै उजुरी प्रहरीमा गरेकी थिइन्।

प्रहरी स्रोतका अनुसार रोशनीको घरमा भेटिएको चस्मा कसको भन्ने जवाफमा महराले पुरानो चस्मा देखाएर आफूलाई फसाउन खोजेको बताएका छन्। यधपी उनले यसअघि चस्मा आफ्नो नभएको र आफ्नो चस्मा आफूसंगै रहेको बताएका थिए । यसअर्थमा महराको बयान बाझिएको छ। त्यतिमात्र होइन घटनाको अर्कोदिन मिडियामा पनि उनले रोशनीको घरमा गएको तर कुटपिट भने नगरेको बयान दिएका थिए ।

यसरी उनले दिएका धेरैजसो प्रश्नको बयान भने बाझिनेगरी दिएका छन्। यसले उनको अपराधमा झनै अफ्ठ्यारो पार्ने स्रोतको दाबी छ।

आइतबार नै उनको बयान सकिएको छ। यो घटनाको थप अनुसन्धान गर्न र मुद्दा तयार गर्न प्रहरीलाई अदालतले बुधबारसम्मको म्याद दिएको छ।

शाहीले पछि प्रहरीमा गएर महराले बलात्कार गर्न खोजेको र नमान्दा पिटेको भन्दै लिखित जाहेरी दिएकी थिइन्। उनको जाहेरीका आधारमा महरालाई प्रहरीले असोज १९ गते पक्राउ गरेको हो।