महरा काण्डमा पार्टीभित्रैको षड्यन्त्र, यसरी खुल्दैछ रहस्य - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

महरा काण्डमा पार्टीभित्रैको षड्यन्त्र, यसरी खुल्दैछ रहस्य



काठमाडौँ- संसद् सचिवालयमा काम गर्ने एक महिलामाथि जवर्जस्ती करणी प्रयासको आरोपमा गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको कारण एकता प्रक्रियाको अन्तिम चरणमा रहेको पार्टीभित्र तनावको स्थिति बनाएको छ।

समय बित्दै जाँदा एक पछि अर्को गरी आइरहेका वक्तव्य र तथ्यहरूले पूर्वएमाले र पूर्वमाओवादीबीच खतराको घण्टी बजाएको बुझिएको छ। महराले सांसद पदबाट राजीनामा दिएका छैनन् र नदिनुको कारण पूर्वएमाले समूहले एकतर्फी पेलान गरेकोले नदिएको खुलेको छ ।

एकता घोषणापछि यी दुई पार्टीको समीकरण छिटो छिटो परिवर्तन हुँदै गइरहेको छ। महरा पार्टीभित्रबाटै सिकार बनेका हुन् भन्ने निष्कर्षमा पूर्वमाओवादी समूह पुगेको स्रोतले दाबी गरेको छ। यो कुरालाई प्रधानमन्त्री केपी शर्मा ओलीले कान्तिपुरमा दिएको एउटा अन्तर्वार्ताले पुष्टि गर्ने प्रयास गर्छ। उनले अन्तर्वार्तामा भनेका छन् ‘महराले मिलिनियम च्यालेन्ज रोकेर गल्ती गरेका थिए’ । तर तत्काल प्रतिवाद गर्दै प्रचण्डले मिलिनियम च्यालेन्ज महराले मात्र रोकेर सम्भव नभएको बताएका थिए।

दुई अध्यक्षको यो भनाइबाट उनीहरूबिच विवाद छ भन्ने प्रस्ट हुन्छ। त्यतिमात्र होइन पूर्वएमाले नेताहरू महराको कारबाहीबारे कडा रूपमा उत्रेका छन् भने पूर्वमाओवादी भने यसबारे मौन छन् ।

उता सभामुख पदबाट राजीनामा दिएपनि सांसद पदबाट राजीनामा नदिएको भन्दै चर्को आलोचना खेपिरहेका महराले भने पूर्वएमाले समूहले एकतर्फी पेलेको कारण राजीनामा नदिएको आफूनिकटलाई बताएका छन्।

पछिल्लो घटनाक्रमले अहिले दुई पार्टीबिचको सम्बन्धमा तनावपूर्ण चलिरहेको स्रोतले जनाएको छ । स्रोतले दाबी गर्दै भन्यो ‘यो काण्डले पार्टी एकता नै नहुने खतरा बढेको छ।’

यही विषयमा पार्टीका एक केन्द्रीय सदस्यलाई हामीले प्रश्न गर्दा उनले समय बित्दै जाँदा पार्टी भित्रैबाट षड्यन्त्रको गन्ध आइरहेको तर प्रमाणित भई नसकेको बताए। नाम उल्लेख नगर्ने सर्तमा उनले भने “पछिल्ला घटनाक्रमले गम्भीर षडयन्त्र भएको भन्ने देखिएको छ, तर प्रमाणित गर्न बाँकी छ। पूर्वएमाले नेताहरूका पछिल्ला व्यवहार र अभिव्यक्तिले षड्यन्त्र नै हो भन्ने देखाएको छ। हामी यसको गम्भीर अध्ययनमा छौँ ।