महराको कन्तबिजोग: कोठा पनि पाएनन् - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

महराको कन्तबिजोग: कोठा पनि पाएनन्



काठमाडौं। कुनैबेला पुर्वमाओवादीको सबैभन्दा बढी शक्ति खेलाउने निवर्तमान सभामुख कृष्णबहादुर महराको अहिले भने बेहाल भएको छ। त्यतिमात्र होइन देशका ठुला ब्यापारी देखि ठुला दलका नेतालाई समेत लाइन लगाएर भेटको प्रतीक्षा गराउने ल्याकत राख्ने महरा यतिबेला भने निरिह बनेका छन्।

त्यो बेला उनका अगाडी, पछाडी देखिने त्यो भिडले देखाउँथ्यो कि उनि यो देशको धेरै शक्तिशाली नेता हुन्। नेता, कार्यकर्ता, कर्मचारी देखि व्यापारीसम्मले उनिसँग काम बनाउन लाइन लाग्थे । भेट्नेको भ्याइनभ्याई हुन्थ्यो ।

तर, तिनै महरा अहिले भने बस्ने कोठा समेत नपाउने अवस्थामा पुगेका छन् । त्यति ठुलो सम्पर्कसुत्र प्रयोग गर्दा पनि उनले कोठा नापेको बुझिएको छ।

एउटा सहकर्मी कर्मचारीको बयानले गर्ल्याम्म गुर्लुम ढलेको उनको साम्राज्य सायदै फर्किएला तर नेपालमा जे पनि हुनसक्ने भएकाले उनि फेरी सत्तामा आउन सक्ने सम्भावना भने देखिन्छ।

सभामुख पदबाट राजीनमाा दिएपछि सभामुख निवास बालुवाटार छाडे त्यसपछि महरा कोठा नपाएर छटपटिएका छन् । दशैंको मुखमा कोठा नपाउँदा महरा परिवार तनावमा छ । भेट्न आउनेहरु पनि पातलिएका छन् ।

नेपालीमा एउटा उखान छ, ओरालो लागेको मृगलाई बाछोले पनि खेद्छ । महरा त्यही हालतमा पुगेका छन् । उनले सहयोग गरेकाहरु नै बिच्किएका छन् । तिनीहरुबाट सहयोग पाएनन् ।

आफ्नै दल नेपाल कम्युनिष्ट पार्टीबाट पनि महराले साथ पाउन सकेनन् । उल्टै उनीमाथि प्रहार भइरहेको पूर्व माओवादी पक्षधरबाट उठिरहेको छ ।

महराका छोराहरुले फेसबुकमार्फत् आफ्नैले सहयोग नगरेको पोष्ट गरेर असन्तुष्टि समेत पोखिसके । यतिसम्मकी पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले खाली पद हात पार्न हतारो गरिरहेको टिप्पणी समेत गरे ।

रोशनी शाहीले जर्बजस्तीको आरोप लगाएपछि राजीनामा दिन वाध्य भएका महरालाई परिवारको भने साथ छ । पत्नी र छोराहरुले राम्रो साथ दिइरहेका छन् । महराले भेट्न आउनेसँग विपत्तिमा को आफ्नो र पराई हुन् भन्ने थाहा हुँदोरहेछ भन्नथालेको बुझिएको छ ।