मध्यरातमा महरालाई फर्काइयो सरकारी निवासमै - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

मध्यरातमा महरालाई फर्काइयो सरकारी निवासमै



काठमाडौं- जबरजस्ती करणी उद्योगमा पक्राउ परेका संघिय संसदका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सभामुखको सरकारी निवास बालुवाटारमै फर्काइएको छ ।

हिरासतमा राख्नुअघि प्रहरीले गर्ने नियमित स्वास्थ्य परीक्षणका लागि बीर अस्पताल लगिएकोमा उनको स्वास्थ्यमा समस्या देखिएको थियो । अक्सिजनामा कमी भएको बहाना बनाएर उनलाई घरमै फर्काइएको प्रहरीको एक स्रोतले बताएको छ ।

स्वास्थ्यमा समस्या देखिएको समस्या देखाएर निजी चिकित्सकसँग उपचार गराउन उनलाई सभामुखको सरकारी निवासमै लगिरएको बताइएको छ ।

अक्सिजनामा कमी भएपछि महरालाई सरकारी निवास बालुवाटार लगिएको हो, उनलाई राति त्यही राख्ने वा प्रहरी थुनामा राख्न महानगरीय प्रहरी वृत्त सिहदरवारमा ल्याउने टुगौ छैन, प्रहरी स्रोतले बताएको छ ।

जबरजस्ती करणी उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट महराविरूद्ध आइतबार पक्राउ पुर्जी जारी भएको हो । उनलाई प्रहरीको टोलीले सांझ ६:३० बजे पक्राउ गरेको थियो ।

यो पनि

महरालाई पुन: मध्यराति हिरासतमै फर्काइयो (अपडेट)