महरा निवासमा खसी काटेर भतेर - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

महरा निवासमा खसी काटेर भतेर



काठमाडौं- जबर्जस्ति करनीको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराबारे अहिले निकै चर्चा परिचर्चा छ । आइतबार पक्राउ परेका उनलाई पक्राउ गर्न प्रहरी पनि केहि समय त रनभुल्ल नै परेको थियो ।

उनलाई पक्राउ गर्न आइतबार अपराह्न पौने ५ बजेतिर प्रहरी टोली बालुवाटारस्थित सभामुख निवास पुगेको थियो। प्रहरी पुग्दा त्यहाँ खुसियाली र भोज चलिरहेको खुलेको छ ।

दुई जना प्रहरी गाडीबाट झरेर महरालाई पक्राउबारे खबर गर्न खोज्दा महराले उनीहरूलाई आफु पछी आउने भन्दै आग्रह गरेका थिए । प्रहरी स्रोतका अनुसार आफन्त र निकटस्थहरूलाई बोलाएर महराले खसी काटेर भतेर गर्दै थिए ।

एक प्रहरीक अनुसार दसैँको खुसियाली मनाउन आफन्तहरू बोलाएर निकै रमाइलो चल्दै थियो भने खसी काटेर भतेर चल्दै थियो । भोजकै कारण निकै ढिला भएपछी प्रहरीको अर्को टोली १ घण्टापछी भित्र पसेको थियो ।

प्रहरीका अनुसार महराले उनीहरूलाई जान आग्रह गर्दै आफु आफै आउने बताएका थिए । प्रहरीले त्यो कुरामा आनाकानी गरेपछि उनि प्रहरीको गाडीमा नजाने आफ्नै गाडीमा जाने बताएका थिए ।

आइतबार जिल्ला अदालत काठमाडौंले महरालाई पक्रन पक्राउ पुर्जी जारी गर्यो। त्यसको केही घन्टामै महरा पक्राउ परे। महरालाई सिंहदरबार प्रहरी वृतमा राखिएको छ। त्यसअघि उनको वीर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो।