महरालाई पुन: मध्यराति हिरासतमै फर्काइयो (अपडेट) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

महरालाई पुन: मध्यराति हिरासतमै फर्काइयो (अपडेट)



काठमाडौं- संघीय संसदका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मध्यरातमा पुन: महानगरीय प्रहरी वृत्त सिहदरवारमै फर्काइएको छ। उनि अहिले प्रहरी हिरासतमै छन् ।

प्रहरीले अनुसन्धान गर्नु पहिले वीर अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा स्वास्थ्यमा समस्या देखिएपछी उनलाई सरकारी निवासमै लागिएको थियो । सरकारी निवास बालुवाटार पुर्याइएका उनलाई फेरि प्रहरी हिरासतमै फर्काइएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रहरी हिरासतमा राख्नुअघि प्रहरीले गर्ने नियमित स्वास्थ्य परीक्षणका लागि बीर अस्पताल लगिएकोमा उनको स्वास्थ्यमा समस्या देखिएको थियो । यसै कारण उनलाई सभामुख निवास फर्काएर पछी पुन: हिरासतमै लागिएको छ ।

संसद सचिवालयमा कार्यरत् रोशनी शाहीले बलात्कार प्रयास गरेको कीटानी जाहेरी दिएपछि आईतबार साँझ उनलाई पक्राउ गरिएको थियो ।