महारानी एलिजावेथ हुनेछिन् ‘बाहुबली २’को प्रिमियरमा प्रमुख अतिथी - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

महारानी एलिजावेथ हुनेछिन् ‘बाहुबली २’को प्रिमियरमा प्रमुख अतिथी



एजेन्सी ।

तेलेगु अभिनेता प्रभाषको फिल्म ‘बाहुबली : द कन्क्लुज’सबै दर्शक र फ्यानहरुले पर्खिरहेका छन् । एस.एस.राजमौलीले निर्देशन गरेका सो फिल्म आउँदो अप्रिल २८ तारीखबाट दर्शकमाझ रिलीजमा आउँदैछ । अब चाँडैनै ‘बाहुबली : द कन्क्लुज’फिल्मको ट्रेलर पनि रिलीज हुने भएको छ ।

फिल्मको ट्रेलरको लञ्च गर्नका लागी सिनेमाटोग्राफर के.के.सेंथिल कुमार र उनको टिम टे«लरको काममा जुटेका छन् । सेंथिल कुमारले ट्वीट गर्दै ट्रेलर लञ्च गर्ने तयारी भईरहेको जानकारी गराएका हुन् ।

प्रभाष, तमन्ना भाटिया, अनुष्का शेट्टी, राणा डग्गुबत्ती लगाएतको मुख्य भुमिका रहेको ‘बाहुबली ः द कन्क्लुज’फिल्मको प्रिमियर युनाईटेड किंडमको एक कार्यक्रममा पनि हुनेभएको छ । सो प्रिमियरमा प्रमुख अतिथीको रुपमा महारानी एलिजावेथ द्धितीय उपस्थित हुनेछन् ।

मिडीयालाई जानकारी गराईए अनुसार आउँदो अप्रिलको २७ तारीखमा बेकिङ्ग्म प्यालेसमा ब्रिटिस सरकारको र भारतीय सरकारको सांस्कृतीक कार्यक्रम हुनेभएको छ । सोही कार्यक्रमको अवसरमा प्रभाष स्टार फिल्म ‘बाहुबली : द कन्क्लुज’ प्रिमियर गरिने भएको हो । सरद राई