भारतको महाराष्ट्रमा अब राष्ट्रपति शासन - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

भारतको महाराष्ट्रमा अब राष्ट्रपति शासन



काठमाडौं- भारतको दोस्रो ठूलो राज्य महाराष्ट्रमा राष्ट्रपति शासन लागू हुने भएको छ। बिधानसभा चुनावपछि कुनै पनि राजनीतिक दलले सरकार बनाउने अवस्था सिर्जना नभएपछि त्यहाँ राष्ट्रपति शासनका लागू गर्न खोजिएको हो।

राज्यपाल भगतसिंह कोसियारीले कुनै पनि राजनीतिक दल सरकार बनाउने अवस्थामा नभएको भन्दै गृहमन्त्रालयमा जानकारी गराएका छन्।

त्यस लगत्तै राष्ट्रपति शासन लागू गर्ने तयारी भएको हो। भारतीय पत्रिका द हिन्दुले भारतीय गृह सचिवलाई उद्धृत गर्दै महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लागू हुने र त्यस विषयमा थप जानकारी मंगलबार साँझसम्म सार्वजनिक गर्ने बताएका छन्।

तर, सरकार गठनका लागि राज्यपालले थप समय नदिएको भन्दै क्षेत्रीय दल शिव सेना भारतको सर्वोच्च अदालत पुगेको छ।

महाराष्ट्रको २ सय ८८ सदस्यीय विधानसभामा भारतीय जनता पार्टी १ सय ५ स्थान जित्दै सबैभन्दा ठूलो दल बनेको थियो। शिव सेनाले ६१ स्थान जितेको थियो। दुवै दलले गठबन्धन बनाएर चुनाव लडेपछि परिणाम सार्वजनिक भएपछि मुख्यमन्त्री कुन दलका हुने भन्ने विषयमा मतभिन्नता शुरु भएको थियो।

शिवसेनाले आधा आधा कार्यकाल मुख्यमन्त्री हुनुपर्ने माग राख्दै आएको थियो। महाराष्ट्र राज्यमा शिवसेना र भाजपाबीच करिब २५ वर्षदेखि गठबन्धन हुँदै आएको थियो।

विवाद बढ्दै गएपछि भाजपाको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनबाट पनि बाहिरिएको छ। नरेन्द्र मोदीको नेतृत्वमा केन्द्रमा सरकारमा रहेको शिवसेनाका एक मन्त्रीले सोमबार राजीनामा दिएका छन्।