आफ्नो जिल्ला किन छाडे ठाकुर र महतोले ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

आफ्नो जिल्ला किन छाडे ठाकुर र महतोले ?



काठमाडौं-

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका ६ मध्ये ३ जना सर्लाहीकै छन् । पहिलाका अलग–अलग दलका यी प्रमुखहरू यही जिल्लाबाट चुनाव लड्थे ।

पार्टी एकीकरणपछिको पहिलो चुनावमा दुई नेता महन्थ ठाकुर र राजेन्द्र महतो भने जिल्ला छाडेर अन्यत्रै गएका छन् । किन ?

‘यो मधेस आन्दोलनको माग हो,’ धनुषा ३ बाट उठेका महतोले भने, ‘मधेस आन्दोलन कुनै एक जिल्लामा होइन, सिंगै मधेसमा फैलिएको छ । त्यसैले आन्दोलनको प्रभावकारिताका लागि कार्यकर्ताको मागअनुसार हामी दुई जना अन्य जिल्लामा गएका हौं । मेरो भागमा धनुषा पर्‍यो, ठाकुरजीको महोत्तरी ।’

जिल्लाका राजनीतिक विश्लेषकहरू भने सर्लाहीको राजनीतिक अवस्था अलि असहज भएपछि उनीहरूले जिल्ला छाड्नु परेको टिप्पणी गर्छन् । ठाकुर २०६४ र ०७० का संविधानसभा चुनावमा सर्लाहीको तत्कालीन ६ नम्बर क्षेत्रबाट उठेर पराजित भएका थिए ।

यो खबर आजकोकान्तिपुरले लेखेको छ,पहिलोपल्ट  तत्कालीन मधेसी जनअधिकार फोरमका शिवपूजन रायले र दोस्रोपल्ट कांग्रेसका अमेरशकुमार सिंहले उनलाई हराएका थिए । उनलाई पालैपालो हराउने शिवपूजन र अमरेश दुवै सर्लाही ४ बाट क्रमश: माओवादी केन्द्र र कांग्रेसका उम्मेदवार छन् ।

सर्लाहीलाई ६ बाट ४ क्षेत्रमा खुम्च्याइएको छ । उनको क्षेत्र ४ नम्बरमा आइपुगेको छ ।