महायज्ञमा रु तीन करोडभन्दा बढी सङ्कलन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

महायज्ञमा रु तीन करोडभन्दा बढी सङ्कलन



पोखरा, फागुन ५

कास्कीको पर्यटकीयस्थल पुम्दीकोटमा निर्माण गर्न लागिएको विशाल महादेवको मूर्ति निर्माणका लागि मङ्गलबारदेखि सुरु भएको महायज्ञमा उत्साहजनक सहयोग सङ्कलन हुन थालेको छ ।महायज्ञको दोस्रो दिन बुधबारसम्म रु तीन करोडभन्दा बढी सहयोग सङ्कलन भइसकेको महायज्ञ मूल आयोजक समितिका संयोजक चन्द्रकान्त बरालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रसिद्ध उद्योगपति मुरलीधर रुङ्गटाले रु ५० लाख नगद सहयोग गर्नुभएको छ ।

समाजसेवी दाताद्वय कलावती बराल र राधिका बरालका छोराहरू वासुदेव बराल, चन्द्रकान्त बराल, युवराज बराल, टीकाराम बराल, निर्मलराज बराल र मात्रिकाप्रसाद बरालबाट रु ७५ लाख बराबरको नगद तथा भूमिदान प्रदान गरिएको छ । महायज्ञमा पूर्वसांसद स्व मीनबहादुर गुरुङको स्मृतिमा उहाँका छोराहरू अशोक गुरुङ र राजु गुरुङले रु २५ लाख सहयोग गर्नुभएको छ भने समाजसेवी लीलाभक्त आचार्यले रु २५ लाख सहयोग गर्नुभएको प्रचारप्रसार संयोजक माधव रेग्मीले जानकारी दिनुभयो ।

राजेशबाबु श्रेष्ठले आफना बुबा लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा रु २५ लाख नगद सहयोग गर्नुभएको छ । दुर्गादत्त बराल (साँहिला साहु)ले रु २५ लाख बराबरको भूमिदान गर्नुभएको छ ।

त्यस्तै, खेमराज पौडेल, इन्द्रराज पौडल, भुवन पौडेल, शिवकुमार पौडेल र रामप्रसाद पौडेलले संयुक्तरुपमा तीन रोपनी पाँच आना क्षेत्रफलको जग्गा दान गर्नुभएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष मात्रिका बरालले जानकारी दिनुभयो ।

त्यस्तै, अन्य सहयोगदाताहरूमा नरहरि बराल र डिल्लीराम बरालले संयुक्तरुपमा रु दुई लाख ५५ हजार ५५, गुरुदत्त बरालले रु दुईलाख २५ हजार पाँचसय ५५, शेषकान्त बरालले रु दुई लाख २५ हजार पाँचसय ५५ र भवनराज बरालले रु दुई लाख २५ हजार पाँचसय ५५ सहयोग गर्नुभएको महायज्ञ मूल आयोजक समितिका महासचिव प्रकाश बरालले जानकारी दिनुभयो । महायज्ञ आगामी फागुन १३ गतेसम्म चल्नेछ । रासस